दर्शक कम हुँदा आहा राराबाट १२ लाख घाटा

सञ्जय रानाभाट २०७९ साउन १५ गते ११:०२

पोखरा ।

सञ्जय रानाभाट
कोरोना महामारीको बीचमा सञ्चालन भएको आरा रारा गोल्ड कपको २० औं संस्करणबाट आयोजकलाई घाटा लागेको छ । महामारीको उच्च जोखिमका कारण दर्शकबिना खेल हुँदा १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ घाटा भएको हो ।
अर्थ संकलन उपसमिति संयोजक सुनील गुरुङले यस्तो जानकारी दिएका हुन् । विगतका संस्करणमा आयोजकले २५ लाखसम्म नाफा भए पनि दर्शक नराख्दा घाटा व्यहोर्नुपरेको अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जानकारी दिए ।

‘कोरोनाले दर्शकदेखि विज्ञापनका माध्यम कम हुँदा घाटा भयो,’ अध्यक्ष गुरुङले भने । पहिलो चरणमा दर्शक नराखी सञ्चालन गरे पनि आयोजकले दोस्रो र तेस्रो चरणमा सुरक्षा मापदण्ड पालना गरी टिकट बिक्री गरेका थिए । तर स्टेडियमसम्म एकदमै कम दर्शक पुगे । टिकटबाट ७ लाख ८४ हजार ८ सय ९० रुपैयाँमात्र उठेको छ । ‘यसअघि १६ लाखसम्म ब्यानरबाट उठेको रेकर्ड थियो । तर, यस पटक १३ लाख उठ्यो,’ उनले भने । कार्यक्रम आयोजनाअघि नै घाटा हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Advertisement

गोल्डकपमा १० टिम सहभागी प्रतियोगितामा विजेता एपिएफ हुँदा उपविजेता मनाङ मस्र्याङ्दी क्लब बनेको थियो । अर्थ संकलन उपसमिति संयोजक गुरुङका अनुसार शाखा संस्थाहरु सहारा क्लब युकेबाट ३ लाख, हङङबाट ५ लाख १ हजार र अस्ट्रेलियाबाट १ लाख थप सहयोग प्राप्त भएको छ । यो सहयोगपछि आयोजकलाई ३ लाख ४७ हजार ८ सय १८ रुपैयाँ घाटा छ । मुख्य प्रयोजक गरेको हिमश्री फुड्सका प्रमुख प्रकाश केसीले आगामी संस्करणका लागि पनि सहकार्य गर्न तयार रहेको बताए । ‘हामी सहकार्य गर्न आतुर छौं । छिट्टै औपचारिक घोषणा गर्छाैं,’ उनले भने ।

गत वर्ष माघ ६ बाट १५ गतेसम्म भएको २० औं संस्करणको आहा रारा गोल्डकप नेपाल एपिएफ फुटबल क्लब च्याम्पियन बनेको थियो । एपिएफले ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले रोकेको थियो ।
प्रतियोगितामा ६९ लाख ८९ हजार खर्च भएको क्लबले जनाएको छ । जसमा प्रदेश सरकारबाट ५ लाख, प्रायोजकबाट ४४ लाख ५ हजार १ सय २५, प्रवेश टिकट बिक्रीबाट ७ लाख ८६ हजार ८ सय ९० रुपैयाँ आम्दानी भएको छ । यस्तै, ब्यानर एवं आर्थिक सहयोग १४ लाख ३२ हजार २ सय २५ रुपैयाँ, बैंक ब्याज आम्दानी १६ हजार ९ सय ४१ रुपैयाँ गरी आम्दानी ६६ लाख ४१ हजार १ सय ८१ रुपैयाँ भएको छ ।

Advertisement

प्रतियोगिताका लागि मुख्य प्रायोजकबाट १ लाखको रारा तयारी चाउचाउ, सिताजबाट अप्रिला स्कुटरको ५० प्रतिशत बराबरको १ लाख ३१ हजार रुयैयाँ, एक्स टेप स्र्पोट वयर काठमाडौंबाट १ लाख ९० हजार बराबरको टिर्सट, १ सय ९० थान भोटिन्टिर डे, वृद्ध एयरबाट १ लाख रुपैयाँ बराबरको पोखरा काठमाडौं टिकट दुईतर्फी १० थान टिकट, सिजी कम्पनीबाट ३० हजार रुपैयाँ बराबर २४ इन्चको एल सिडि टिभी भाग्यशाली दर्शक पुरस्कार र सहारा क्लब युके म्यान अफ दि म्याच ट्रफी÷ नगद, बेस्ट अफ फाइभ, अन्य ट्रफी र मेडल गरी दुई लाख रुयैयाँ बराबरको अतिरिक्त सहयोग प्राप्त भएको प्रेस विज्ञेप्तिमा उल्लेख छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया