म्याग्दीको रुममा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन वेपत्ता

राकेश शर्मा २०७९ साउन १७ गते ११:३१

म्याग्दी ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् । घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले बताए । घटनास्थलमा रहेका तारा रोकाका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ । त्यस्तै ५ वटा खच्चड र अन्य खाद्यान्न समेत पहिरोले बगाएको छ ।

गोठे र उनकी श्रीमती गोरी बिक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी बिक वेपत्ता भएका हुन् । स्थानीयबासीले वेपत्ताको खोजी गरिरहेका छन् । घट्नास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ ।

Advertisement

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया