सक्नेरीको शिव पुराणमा समुहगत सहभागीता, २० लाख संकलन

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ को बुढिवजार स्थीत सक्नेरीमा जारी शिव पुराण ज्ञान महायज्ञमा आमा समुह र टोल विकास सस्थाको समुहगत सहभागीता वढेको छ ।
महायज्ञको पाचौ दिनसम्म आईपुग्दा यस क्षेत्र वरपरका आमा समुह तथा टोल विकास सस्थाहरुले स्थानिय स्थरमा आर्थीक संकलन गरि यज्ञमा ल्याई सहयोग गर्ने गरेका छन् । बुधवार १२ वटा आमा समुह र आठ वटा टोल विकास सस्थाले सहयाग गरेकोले अन्य दिनको तुलनामा बढि सहयोग प्राप्त भएको आर्थीक संयोजक सपना बरालले जानकारी दिएकी छन् ।
धर्मको रक्षा गरौं संस्कृतिको जर्गेना गरौं भन्ने मुल नाराका साथ लोक सास्कृतीक संरक्षण समिति र उज्जवल आमा समुहको संयुत्त आयोजना र विभिन्न सामाजिक संघ सस्थाहरुको सहकार्यमा आयोजना गरिएको महायज्ञमा दिन प्रतिदिन भत्तजनका सख्या र आर्थीक सहयोग पनि बढ्ने क्रममा रहेको आयोजक समितिका संयोजक जगननाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।
बुधबार मात्र करिव सात लाख ५० हजार सहयोग प्राप्त भएको र अहिलेसम्म करिव २० लाख संकलन भईसकेको छ भने अवका बाकी दिनमा पनि उल्लेखि रुपमा सहयोग आउने क्रम जारी रहेको प्रचार प्रसार उप समितिका संयोजक राजु बरालले बताए ।
बैद्धिक सनातन धर्म र सस्कृतीको रक्षार्थ समस्त पितृ उद्धार,राष्ट्र कल्याण,बहुउदेश्यीय सामाजिक भवनको समयानुकुल स्तरोन्नती ,जेष्ठ नागरिक दिवा सेवालाई थप ब्यवस्थीत रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना एवंम लोक संस्कृती संरक्षण संग्रहालय निर्माण गर्ने उदेस्यले ज्ञान महायज्ञ गर्न लागिएको हो ।
महायज्ञ संचालनको पाचौ पोखरा २६ सक्नेरी निवासी स्व. देविलाल तिमिल्सेनाको स्मृतीमा जगनाथ तिमिल्सेना र श्रीमती पुर्णमाया तिमिल्सेनाले एक लाख ११ हजार १ सय ११ र स्वर्गीय विष्णु बरालको स्मृतीमा विष्णु कुमारी बरालले ५१ हजार एक सय ११ सहयोग गरेका छन् ।
साउन २२ गतेसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा दिगदर्शन वाचन शिरोमणि दीपक सापकोटा प्रमुख बाचक र युवा पण्डित रामप्रसाद सिग्देल उप वाचकको मुखाराविन्दुबाट दैनिक रुपमा भजन कृतन सहितको संगितमय प्रवचन हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया