३ दिनपछि खुल्यो बेनी–जोमसोम बाटो

समाधान संवाददाता २०७९ साउन २० गते ११:०६

जोमसोम ।
सोमबारदेखि अवरुद्ध बेनी–जोमसोम सडक ३ दिनपछि बिहिबार साँझ सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सीमाना काभे्रभीरमा सुख्खा पहिरो र सोही स्थानको घोप्टे ओडारमा सडक भास्सिएपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको बेनी जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

काभ्रेभीरमा गएको सुख्खा पहिरोले करिब ३ सय मिटर सडक पुरिएको थियो । सोही स्थान नजिकको घोप्टेभीरमा पनि करिब ५० मिटर सडक भाँस्सिएको थियो । सोमबारदेखि अवरुद्ध बेनी जोमसोम ७६ किमी सडक अन्तर्गत काभ्रेभीरमा सडक मर्मत तथा सडक सफा गर्न वर्षाले अवरोध गर्‍यो । बुधबार मौसममा सुधार आएपछि बाटो खोलिएको हो ।

सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्मााण कम्पनीका उपकरण र जनशक्ति परिचालन गरी बाटो खोलिएको शेरचनले बताए । काभ्रेभीरमा सडक अवरुद्ध हुँदा म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दी आउजाउ गर्ने दर्जनौं सवारी साधन तथा मालवाहक गाडी बीचमै अलपत्र परेका थिए ।

Advertisement

काभ्रेभीरमा सडक अवरुद्ध हुँदा यो स्थान पार गर्न डेढ घन्टा पैदल हिड्नुपर्ने बाध्यता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया