लेखनाथ सहकारीको वृक्षरोपण

समाधान संवाददाता २०७९ साउन २० गते १२:२६

लेखनाथ l
पोखरा २६ को लेखनाथ बचत तथा ऋण सहकारीले वार्षिक कार्यक्रम अन्तर्गत बिहीबार वृक्षरोपण गरेको छ ।

संस्थाले हरेक वर्ष पोखरा २७ को जय गुरुदेव मन्दिर परिसरमा बिरुवा रोप्दै आएको छ । यस वर्ष पनि उक्त क्षेत्रमा विभिन्न जातका फलफूलका बिरुवा लगाउने र विगतका लगाएका बिरुवाको गोडमेल गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष हरिबहादुर जिसी, व्यवस्थापक गोविन्द लामिछाने र आश्रमका संरक्षक शिव लामिछाने बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया