‘९ औं राष्ट्रिय खेलकुद सानुपर्छ’

सञ्जय रानाभाट २०७९ साउन २० गते १७:०३

पोखरा ।
गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको ९ औं राष्ट्रिय खेलकुद कार्यतालिका सार्नुपर्ने माग उठेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुन लागेको प्रतियोगिता सार्नुपर्ने माग गरेको हो ।

यसअगाडि नै नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने घोषण भएकाे थियाे । तर, कोराना महामारीका कारणले खेल तालिका सर्दै आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आउँदो असोजमा २८ गतेबाट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ । कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले प्रतियोगिताको तालिका दशैं जस्तो चाडपर्वमा परेकाले यसको कार्यतालिका सार्नुपर्ने संघका अध्यक्ष देवेन्द्र शेयरचनले बताए । ‘दशैं जस्तो चाडपर्वमा खेल हर्न को आउँछ । खेलाडिलाई पनि दशौं लाग्नुपर्याे,’ उनले भने, ‘प्रतियोगिता कि दशैं पछि गर्नुपर्छ हैन भने दशौंअघि गर्नुपर्ने हाम्रो माग हो ।’


कोभिड कै कारणले पटकपटक स्थगित भएको ९ औं राष्ट्रिय खेलकुद फेरी समयमै हुने नहुने आशंक उत्पन्न भएको छ । लोकतान्त्रिक संघले खेल तालिका सार्नेदेखि खेलकुदको लागि आवश्यक पूर्व तयारीको माग गरेको छ । शेयरचनले भने, ‘हामी सरकारमा सहभागि भएको दलको भातृसंस्था हौं तर, हामीहलाई खेल तालिका सार्वजनिक गर्ने बेला सल्लाह सुभाव लिएन् ।

Advertisement


खेलकुद प्रतियोगितमा स्थानीय व्यवस्थापनको लागि प्रदेशका सरोकारवालाहरुलाई समेटेर प्रतियोगिता राख्नुपर्ने उनले बताए । संघले खेलाडिको शान्ति सुरक्षा तथा खेलाडीहरुको सुरक्षामा ध्यान दिन माग गरेको छ । ‘अन्तराष्ट्रिय मापदण्ड अनुसार खेल मैदानको व्यवस्था गरिनुपर्छ,’ उनले भने, ‘प्रतियोगिताको पनि आर्थिक हिसाब पारदर्शिता देखाउनुपर्छ ।’

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया