पोखरामा पटके एटिएम चोर पक्राउ

समाधान संवाददाता २०७९ साउन २२ गते २०:०४

पोखरा ।
पोखरामा यति बेला बैंकको एटिएम मेसिन फोडेर चोरी हुँदाको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । त्यो भिडियो हेर्दा लाग्छ, चोरी गर्न सबैभन्दा सजिलो बैंकका एटिएम हुन् । चोरीको भिडियो भाइरल भइरहेको अवस्थामा पोखराको फेरी शुक्रबार बिरौटाको एनआइसी बैंकको मेसिन चोर्ने प्रयास भयो ।

तर, चोरी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वत कुश्मा नगरपालिका वडा नम्बर ३ बस्ने २३ वर्षीय कृष्ण बहादुरलाई पक्राउ गर्‍यो । उनी यसभन्दा अगाडि नै माछापुच्छ्रे बैंकको एटिएम मेसिन चोरी गरेर कैद भुक्तानी गरिसकेको व्यक्ति व्यक्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीका अनुसार उनले गत वर्ष माघ ८ गते माछापुच्छे« बैंकको एटिएम मेसिन चोरी गरेपछि कास्की जिल्ला अदालतले ३ महिना पुर्पक्षका लागि पठाएको थियो । अदालतले तोकेको ३ महिने कैद भुक्तानी गरेर उनी वैशाखमा छुटेका डिएसपी तिवारीले बताए । फेरी शुक्रबार एनआइसी बैंको मेसिन चोरी गर्दै गरेको अवस्थामा उनलाई कास्की प्रहरीले पक्राउ गरेर ७ को म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी तिवारीले बताए ।

Advertisement

जिल्ला अदालतले कृष्णलाई १ लाख धरौटी बुझाउन नसक्दा पुर्पक्षमा गएको थियो । अदालतबाट मुद्दा फैसला हुँदा तोकिएको कैद भुक्तानी गरेपछि कृष्ण बैशाखमा जेलबाट निस्केका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया