बैंकिङ कसुरमा बागलुङकी दीक्षा पक्राउ

समाधान संवाददाता २०७९ साउन २३ गते ११:०६

पोखरा ।
बैंकिङ कसुरमा कास्की प्रहरीले बागलुङकी दीक्षा पुनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले हाल पोखरा २ मिरुवा बस्ने २७ वर्षीय पुनलाई लुकिछिपी बसेको अवस्थामा शनिबार प्रक्राउ गरेको हो ।

पुनको नाममा पोखरा फाइनान्स लिमिटेडमा रहेको खातामा पर्याप्त रकम नभएको बेला सटही गर्नू भनी उनले ३ लाखको चेक दिएकी थिइन् । खातामा रकम नभएकालेसो चेक सम्बन्धित बैंकबाट बाउन्स भएको भनी प्रहरीमा कुलबहादुर विकले जाहेरी दिएका थिए ।

प्रहरीले अन्नपूर्ण गाउँपालिका ८ वीरेठाँटी स्थित निगालो घारीबाट उनलाई प्रक्राउ गरेको हो । पुनलाई उच्च अदालत पोखराबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया