तेक्वान्दो महासंघको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ साउन २३ गते १२:२३

पोखरा ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले २५ औं वार्षिकोत्सवको अवसरमा नवलपुरलाई उत्कृष्ट जिल्लाका रुपमा सम्मानित गरेको छ । महासंघले आइतबार पोखरा रंगशालामा गरेको कार्यक्रममा उत्कृष्ट योगदान गरेको भन्दै नवलपुरलाई नगद १० हजारसहित सम्मान गरेको हो ।

सोही कार्यक्रममा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, सर्वाेत्कृष्ट प्रशिक्षक, संस्थापक अध्यक्ष र महासंघलाई योगदान गर्ने १ जनालाई पनि सम्मान गरियो । वर्ष उत्कृष्ट पुरुष खेलाडीमा गण्डकी प्रदेशका दिनेश बुढामगर, वर्ष उत्कृष्ट महिला खेलाडीमा बागमती प्रदेशकी रुविका खड्का, उत्कृष्ट प्रशिक्षकमा प्रदेश १ का राजेन्द्र धिमाल सम्मानित भएका हुन् ।

सर्वाेत्कृष्ट प्रशिक्षकमा बागमती प्रदेशका गोपाल श्रेष्ठ, महासंघलाई महत्वपूर्ण योगदान गरेकोमा खाडादेवी गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादर तामाङ र महासंघका संस्थापक अध्यक्ष खडकबहादुर रानाभाटलाई पनि सम्मान गरिएको छ । सम्मानित सबैलाई सम्मानपत्रसहित नगद १० हजार प्रदान गरियो ।

Advertisement

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, संघका पदाधिकारी लगायत उपस्थित थिए । २५ वर्षअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको महासंघ २०६३ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया