रिङ्ग रेस्लिङ्गको अन्तराष्ट्रिय तालिम हुने

समाधान संवाददाता २०७९ साउन २३ गते १४:११

काठमाण्डौं ।
नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धि सम्झौता भएको छ । संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ्ग रेस्लिङ्ग तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ । व्यवसायिक रिङ्ग रेस्लिङ्ग बन्ने इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने संघले जनाएको छ ।

यो विशेष तालिम जम्मा ५० जनालाई निशुल्क प्रदान गरिने समेत संघले जनाएको छ । अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली रिङ्ग रेस्लिङ्गहरुको सहभागिता बढाउने उद्देश्यले तालिम संचालन गरिनेछ । तालिममा रिङ्ग रेस्लिङ्गसँगै खेल मनोविज्ञान,आहार र आकस्मिक उपचार पनि समावेश गरिने जनाइएको छ । छनौट भएका रेस्लरहरुलाई विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि गराउने संघले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया