जन्मदिन मनाउन मन्त्री बराल आश्रममा

समाधान संवाददाता २०७९ साउन २३ गते १६:४१

पोखरा ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले ज्येष्ठ नागरिकहरुसंग आफ्नो जन्मदिन मनाएका छन् । पोखरा २५ स्थित हेमजामा रहेको मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुसंग सोमबार भेटघाट गर्दै मन्त्री बरालले आश्रमको पूर्वाधार विकासमा आवश्यक सहयोगको लागि प्रयास गर्ने बताए ।

आश्रममा आश्रित १ सय ३ जना ज्येष्ठ नागरिक सहितका व्यक्तिहरुलाई विहानको खाना (२० हजार बराबरको) साथमा ३० हजार मुल्य बराबरको फ्रिज समेत गरी ५० हजार सहयोग गर्दै मन्त्री बरालले आफ्नो जन्म दिनको अवसरमा सानो सहयोग गरेको बताए । विभिन्न कारणले गर्दा आश्रममा आश्रित हुन पुगेकाहरुको पालन पोषणामा लाग्नु नै ठुलो धर्म हुने मन्त्री बरालको भनाई थियो । हरेक छोरा छोरीहरुले आफ्नो बाबु आमा प्रतिको उत्तरदाहित्व बहन गर्न नसक्दा बृद्धाश्रम तथा यस्ता आश्रममा आउने व्यत्तिहरुको सङख्यामा बृद्धि भएको उनको भनाई छ ।

तनहुँका ९५ बर्षीय जेष्ठ नागरिक रामनाथ खनालले मन्त्री बराल समक्ष अत्याधुनिक भवन सहित रुमको प्रबन्ध गर्न माग गरे । उनले बढी उमेर भएकाहरुलाई र बढी कमजोर भएकाहरुलाई आश्रमले थप व्यबस्थापन गर्न कठिन भएकोले त्यसको प्रबन्ध गर्न मन्त्री बराल समक्ष आग्रह गरे । मानव सेवा आश्रमको अवलोकन समेत गर्दै मन्त्री बरालले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भएको उक्त आश्रमले सडकमा आएका कतिपय नागरिकहरुको उद्धार भएको बताए ।

Advertisement

आश्रमका संयोजक सदिस पुनले मन्त्री बराल सहितको टोलीलाई आश्रमको बारेमा जानकारी गराउदै तत्काल फ्रिज आवश्यक भएको बताएका थिए । आश्रमका अभिभावक शोभा गौतमले विभिन्न सहयोगीको हातले गर्दा आश्रम संचालन हुदै आएको बताइन् । मानव सेवा आश्रमको पोखरा स्थित छोरेपाटनमा भने ज्येष्ठ नागरिक महिलाहरुलाई व्यबस्थापन गरिएको आश्रमले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया