भविष्य निर्माण माविमा खानेपानी टंकी हस्तातरण

समाधान संवाददाता २०७९ साउन ३० गते १८:१९

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्णले पोखरा २१ कृस्तीमा भविष्य निर्माण उच्च माविको हाताभित्र १० हजार लिटरको खानेपानी टंकी हस्तातरण लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ जेका गभर्नर ध्रुव श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तातरण गरे । विद्यालयमा ३६० जना विद्यार्थी छन् ।

सेन्ट मेचिल्स स्कुल बेलायतका विद्यार्थीहरुको सहयोग करिब २ लाखको लागतमा उक्त खानेपानी टंकी निर्माण भएको हो । लायन्स क्लबले विशुद्धरुपमा सामाजिक कार्य गर्दै आएको विद्यालयका बाल बालिकाहरुलाई शुद्ध खानेपानीको व्यवस्था लायन्स क्लब अन्न्पूर्णले गरेकोमा विशेष धन्यबाद दिए ।

सो अवसरमा परियोजना निर्देशक सोनाम साङपोले सरकारी विद्यालयहरुमा क्रमश शुद्ध खानेपानीको टंकी निर्माण गर्दै जाने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार भुजेलले लायन्स क्लबले स्वास्थ शिक्षा खानेपानी जस्तो कार्यमा सधै अगाडि रहेको जानकारी दिए । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष दीपकप्रसाद सुवेदीले वडामा लायन्सले गरेको सामाजिक कार्यप्रति आभार जनाए ।

Advertisement

रिजन चियर पर्सन अर्जुन पोखरेलले विद्यालयका बालबालिकाहरुका लागि लायन्स क्लब अन्नपूर्णले गरेको कार्यमा अझ थप जिम्मेवार रहनुपर्ने औंल्याए । जोन चियरपर्सन सूर्यप्रसाद बराल, पोखरा महानगरपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष रबिसन प्रजू, सहसचिव गणेश छवि कार्यक्रममा सहभागी रहे । क्लबका अध्यक्ष विजय पौडेलको अध्यक्षता भएको कार्यक्रम सञ्चालन सचिव विशाल हिराचनले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया