कर्मशील सहकारीका सदस्यलाई युआरएलमा छुट

समाधान संवाददाता २०७९ भदौ १ गते १३:२४

पोखरा ।
कर्मशील बचता तथा ऋण सहकारी पोखरा ८ सभागृहचोकका सेयर सदस्य र कर्मचारीले स्वास्थ्योपचारमा छुट पाउने भएका छन् । उनीहरुले पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकका सबै सेवामा १० प्रतिशत छुट पाउने छन् । अन्नपूर्ण सिटी पोखरा र काठमाडौंका विशेष विशेक्षता हासिल गरेका डाक्टरबाट सञ्चालित सुपर स्पेसालिटी क्लिनिक हो ।

यस्तै, उनीहरुले युआरएल र अन्नपूर्ण प्याथ ल्याबका सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट पाउने भएका छन् । युआरएल गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब हो भने अन्नपूर्ण प्याथ ल्याब महेन्द्रपुलमा छ । छुटसम्बन्धी सम्झौतामा युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त र कर्मशीलका सञ्चालक समिति अध्यक्ष संगीता गौतम तिमिल्सिनाले मंगलबार हस्ताक्षर गरेका छन् ।

युआरएलका अध्यक्ष पन्तले कर्मशीलका सेयर सदस्य र कर्मचारीले युआरएल केन्द्रीय कार्यालयसहितका सबै सेवा केन्द्र र अन्नपूर्ण सिटी क्लिनिकमा छुट दिइने बताए । युआरएलले सामाजिक उत्तरदायित्व बहन गर्ने छुट प्रदान गर्ने सम्झौता गरेको कर्मशील १ सय १८ औं संस्था हो । प्रदेशबासीलाई गुणस्तरीय ल्याब सेवा प्रदान गर्न प्रतिवद्ध युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क शिविर आयोजना गर्ने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया