म्याग्दीकाे पाउद्धार–खयरभारानी पदमार्गमा डेढ करोडको पूर्वाधार

राकेश शर्मा २०७९ भदौ १ गते १७:४६

भदौ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारदेखि धार्मिक पर्यटकीय स्थल खयरभारानी थान जोड्ने पदमार्गमा एक करोड ५० लाख भन्दा बढी चन्दा जुटाएर पूर्वाधार निर्माण भएको छ । स्वदेश तथा विदेशबाट एक करोड ६० लाख जुटाएर पदमार्ग, चौतारी, थान, यात्रु निवास र खानेपानी व्यवस्थापन गरिएको हो ।

‘खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष’ मार्फत चन्दा र श्रमदान जुटाएर पछिल्लो दश वर्षको अवधिमा पूर्वाधार निर्माण भएको कोषका संरक्षक राजु पुनले बताए । कालीको तिरदेखि बराह शिखर हिमाल फेदीमा रहेको खयरभारानी थानसम्म बनेका पूर्वाधारले भक्तजन र पर्यटकलाई सुविधा पुगेको छ,’ उनले भने ‘सरकारी निकायको मुख ताक्नु भन्दा आफै जागरुक भएर खयरको विकासमा लागेका छौ ।’

भिरको बिचमा ढुंगा चिनेर बनाइएका सिँढी (पदमार्ग) । ठाउँ–ठाउँमा आराम गर्न बनाइएका चौतारी । यात्राको क्रममा हुने थकान मेटाउन जंगल र अग्ला डाँडाकाँडामा देखिने भेडाका बधान र चौरीका हुल संगै पदमार्ग वरपर ढकमक्क फुलेका फुल र हरियालीको सौन्र्दयताले ४ हजार ७ सय मिटर उचाईमा रहेको खयरभारानी पुग्दा थकानको अनुभुति हुदैन् । ‘धार्मिक पर्यटकको हब’ भन्दै गएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पाउद्धाराबासीले आफ्ना बाबाआमाको सम्मानका लागि, खयर भारानी थानमा दर्शन गर्न आउने तिर्थालुहरु गरि एक हजार जना भन्दा बढीको सहयोगमा विभिन्न स्थानमा पदमार्ग, चौतारी र खानेपानीका धारा निर्माण गरिएको पुनले बताए ।

Advertisement

‘मेरो सेवानिवृत्त जिवनको १० बर्ष यही खोपरा खयर क्षेत्रका लागि समर्पित गर्छु भनेर आएको थिए, तर के गर्ने कसरी गर्ने भन्ने कुनै योजना थिएन,’ उनले भने ‘आँट गरेपछि भगवनाले पुर्‍याउछन् भन्थे हो रहेछ, अहिले सम्म देश तथा बिदेशमा रहेका पाउद्धारबासीले र म्याग्देली र अन्य स्थानका मानिसहरुको सहयोगले उक्त पदमार्ग, चौतारी र ठाँटीहरु निर्माण गर्न सकेका छौँ ।’

‘सहयोगी मनहरुबाटै सहयोग संकलन गरेर काम गरिरहका छौ’ पुनले भने, ‘गाउँपालिका र प्रदेश सरकारबाट ५ बर्षमा करिब रु. १५ लाख जति बजेट आएको होला ।’ पदमार्गको विभिन्न स्थानमा आफ्ना दिवंगत भएका पृतिहरुको सम्मानका लागि पदमार्ग बनाएका हुन् । पाउद्धार बासीले भने जंगल, भिर र अप्ठ्यारो पहाडको बाटोमा आफ्नो दिवंगत भएका आफन्तको सम्झना तथा सम्मानमा पदमार्ग चौतारी, पानीका धारा निर्माण समेत गरेका छन् । १०० वटा चौतारी निर्माण भएका छन् । तीन वटा धर्मशाला बनेका छन् ।

Advertisement

पोखरा बस्दै आएका कृष्णबहादुर तिलिजाले धोती खोलाको उकालोमा आफ्ना पृति, आफन्तको सम्मानका लागि सात लाखको लगानीमा ५८५ सिढी निर्माण गरेको बताए । तिलिजाको परिवार त एउटा प्रतिनिधि पात्र मात्र हुन्, दजनौँ बढी घरपरिवार रहेको पाउद्धार बासीले हरेक घरपरिवार केही न केही विकास निमार्ण सहयोग गरेका छन् ।

समुन्द्र सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोपारा लेकबाट हिमाल, पहाडी भूगोल, सुर्योदय, चौरी, भेडागोठ र बुकीको अवलोकन गर्न सकिन्छ । खोपारा अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गको प्रमुख गन्तब्य हो । खयरभारानी ताल र थानमा जनै पूर्णिमा पर्वमा बिशेष पुजाआजा हुने गर्छ । यहाँ पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने चलन छ । बर मागेको पुरा भएमा त्यहाँ पुगेर भाकल चढाउने गर्छन् ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया