कास्की मोडनाइज्डमा अभिमुखीकरण

समाधान संवाददाता २०७९ भदौ २ गते १६:१०

पोखरा ।
पोखरा १४ मा रहेको कास्की मोडनाइज्ड एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालय र कक्षा १२ का विद्यार्थीको संयुक्त व्यवस्थापनमा कक्षा ११ का विद्यार्थीलाई स्वागत एवम अभिमुखिकरण कार्यक्रम गरेको हो ।

विद्यालयका प्राचार्य रामबहादुर मोचीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रत्येक विषयको आ–आफ्नो नेचर, भविष्य र सफल ढङ्गको अध्ययन पद्धतिका बारेमा शिक्षकहरु इन्द्र भुषाल, शुशिल अधिकारी र खेम चालिसेले प्रकाश पारेका थिए । विद्यालयको निति, नियम, संस्कार, अनुशासनर अरु विद्यालय भन्दा कास्की मोडनाइज्ड किन फरक भन्ने जस्ता सवै पक्षहरुको जानकारी विद्यालयका इन्चार्ज एवं +२ कोर्डिनेटर शिवलाल उपाध्यायले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले कक्षा –११ का तपाई विद्यार्थीहरुले कास्की मोडनाइज्ड एकेडेमी लाई ११ र १२ कक्षा अध्ययनका लागि छानि भर्ना हुन सफल भएकोमा धन्यवाद दिदै विद्यालय र शिक्षकले मल, जल र ख्याल पुराउने हो तर फुल्ने र फल्ने काम चाहिँ स्वयं विद्यार्थीले नै गर्नु पर्छ भन्ने विचार व्यक्त गरिन् ।

Advertisement

विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले प्रत्येक विद्यार्थीले आफ्नो गन्तव्य प्राप्त गरेरै छाड्छ यदि उसले एकाग्रताका साथ लक्ष्य प्राप्तिमा सर्मपित हुन्छ तर कक्षामा नियमित, अनुसासन, मिहेनत र चरित्रलाई प्रमुख महत्व दिएको हुनुपर्छ भन्ने सुझाव व्यक्त गरे । अहिलेको अवस्थामा हामी पढाईलाई मात्र होइन खेलकुद, कला, नृत्य, सङ्गीत, नाटक सबै क्षेत्रमा विद्यार्थीलाई सबल बनाउनु पर्छ भनि सोही खालका कक्षाहरु समेत सञ्चालन गर्दै आएको कुरा बताए ।

विविध सास्कृतिक कार्यक्रमहरुका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा कक्षा –१२ का सुजन गुरुङ्ग र उपमा न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कक्षा –११ का छात्रा कृपा थापाले नव आगन्तुक साथिहरुलाई यो आत्मीय स्वागत गरेवापत धन्यवाद ज्ञापन गरेकी थिइन् । उल्लासमय ढङ्गले सम्पन्न यो कार्यक्रमको सञ्चालन शिक्षक शिवु ढकालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया