एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष शर्मालाई पितृशोक

समाधान संवाददाता २०७९ भदौ २ गते १९:३६

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा पौडेललाई पितृशोक परेको छ । संविधान सभाका सदस्यसमेत रहेका शर्माका पिता यामलालको ८३ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय यामलालका २ छोरा ५ छोरी छन् । शर्माको परिवार म्यादीको मालिका गाउँपालिका वडा नम्बर ५ बिमका स्थायी बासिन्दा हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया