बेबील्यान्डमा सपिङ गर्दा स्कुटर

समाधान संवाददाता २०७९ भदौ १६ गते १०:५३

पोखरा ।
बेबील्यान्डले दसैं केन्द्रित उपहार योजना ल्याएको छ । बेबील्याण्डले दसैं सपिङ कार्निभल २०७९, बेबील्याण्ड जाऔं हिरो स्कुटर ल्याऔं योजनाअघि सारेको हो । जुन योजना अन्तर्गत प्रथम पुरस्कार हिरो स्कुटर १ जनाले पाउने छन् । दोस्रो पुरस्कार एमआई ४३ इन्चको होरिजन टिभी र तेस्रो पुरस्कार एलजी माइक्रो ओभन छन् । सान्त्वना पुरस्कारमा २ हजारको सपिङ भौचर २० जनालाई प्रदान गरिनेछ । यस्तै, कात्र्तिक ५ गते धनतेरसका दिन २० हजारको सपिङमा १० ग्रामको चाँदीको सिक्का उपहार प्रदान गरिनेछ ।

बुधबारदेखि कात्र्तिक १४ गतेसम्म यो योजना लागू हुनेछ । योजनामा सहभागी हुन १ हजारभन्दा माथिको सपिङमा १ कुपन प्रदान गरिनेछ । योजनाको नतिजा छठ पर्वपछि कार्तिक १५ गते सार्वजनिक गरीनेछ । यो योजना अवधिभर लुगा, जुत्ता, खेलौना लगायतका सामानमा १२५ विषेश छुट दिइएको फाउन्डर प्रदीप बज्राचार्यले जानकारी दिए ।

पोखरामा सन १९९४ मा स्थापना भएको बेबील्याण्डको हाल चिप्लेढुंगा तथा न्युराेड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले सोरुम तथा बालाजु, काठमाडौंमा बेबील्यान्ड अनलाइन सपिङ सञ्चालन गरेको छ । बेबील्यान्डमा बिहान ९ देखि ११ बजेसम्म बेबी केयरका सामान किन्दा ५५ छुट प्रदान दिने गरी हेप्पी आवर सञ्चालन गरिएको बज्राचार्यले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया