अविरल वर्षाले गण्डकीका विभिन्न ठाउँमा क्षति

समाधान संवाददाता २०७९ भदौ १६ गते १४:०५

पोखरा ।
पहिरोका कारण मध्यपहाडी लोकमार्ग पोखरा बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका विभिन्न ठाउँमा खसेको पहिरोले मंगलबार देखि नै सडक अवरुद्ध बनेको हो । बिहीबार बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बर्षा कारण र माथिबाट ढुंगा झर्दा सडक खुलाउन मुश्किल परेको छ ।

बिहीबार बिहान गएको पहिरोले लमजुङको दोर्दी गाउँपालिका ६ मा भौतिक क्षति पुर्‍याएको छ । पहिरोले सडक अवरुद्ध भएको छ । सडक सञ्चालनमा ल्याउन स्थानीयले आग्रह गरेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुंगा माटो सहितको पहिरो जादाँ सडक पूर्णरुपमा अवरुद्ध भएको
छ ।

Advertisement

राष्ट्रिय आयोजनाको गौरवको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ नगरपालिका १० मा सडक निरन्तर बर्षाका कारण अवरुद्ध भएको छ । करिडोरकै फुस्रेखोलामा निरन्तर सडकमाथिबाट ढुंगा खसिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया