कागबेनीमा सफाइ

समाधान संवाददाता २०७९ भदौ १७ गते १२:४४

जोमसोम ।
सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्म र कागबेनी प्रहरी चौकीले कागबेनी श्राद्धस्थलमा बुधबार सरसफाइ गरेका छन् । सशस्त्र प्रहरीका १५ जना र कागबेनी प्रहरी चौकीका ७ गरी २२ जनाको टोलीले कागबेनी श्राद्ध स्थल सफाइ गरेको हो ।


साउन १३ गते राति मुक्तिनाथबाट आएको बाढीले कागबेनी श्राद्ध स्थलमा आंशिक क्षति पुर्‍याएको थियो । श्राद्ध स्थलमा बाढी पसेर भक्तजनले श्राद्ध गर्ने ठाउँमा ग्रेगान र वालुवा थुप्रिएको थियो । जोमसोमबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रेमबहादुर चुडारी क्षेत्रीको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोली र कागबेनी प्रहरी चौकीका सुरक्षाकर्मीले कागबेनी श्राद्ध स्थलको बृहत सरसफाइ गरेको कागबेनी धर्मशालाका पुजारी प्रताप आचार्यले जानकारी दिए ।


‘साउनको बाढीले श्राद्धस्थल र आसपासमा वालुवा र ग्रेग्रान थुप्रिएको थियो, फोहोर पनि छरपस्ट थियो,’ पुजारी आचार्यले भने, ‘अब भक्तजनलाई श्राद्ध गर्न अप्ठ्यारो पर्दैन ।’ मुस्ताङको प्रसिद्ध धार्मिक श्राद्ध स्थल कागबेनीमा पितृको नाममा श्राद्ध गर्न र पिण्डदान गर्न उल्लेख्य भक्तजन आउने गर्छन् । कागबेनीमा पितृको नाममा श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्नाले मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया