सहारा एकेडेमीलाई सहयोग

समाधान संवाददाता २०७९ भदौ १७ गते १३:००

पोखरा ।
सहारा क्लब हङकङका सल्लाहकार ईन्द्र गुरुङले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई ४५ हजार सहयोग गरेकी छन् । पोखराको बुद्धचोक घर भई हाल हङकङमा इमेज हेयर सलुन सञ्चालन गर्दै आएकी उनले ग्राहकबाट प्रदान गरिएको रकम एकेडेमीलाई सहयोग गरेकी हुन् ।

उनले आगामी दिनमा पनि यस्तै सहयोग गदै जाने बताइन् । फुटबलमार्फत सामाजिक सेवामा लामो समयदेखि क्रियाशील सहारा क्लब पोखराले पोखरा १७ दोबिल्लामा एकेडेमी चलाइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया