सोंपाल तमु समाजको सभा

समाधान संवाददाता २०७९ भदौ १७ गते १३:०६

पोखरा ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शिक्षा बिना कुनै पनि विकास सम्भव नहुने बताएकी छन् । सोँपाल तमु समाज पोखराको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘शिक्षा बिना विकास सम्भव छैन । त्यसैले पोखरा महानगरले शिक्षालाई प्राथमिकतामा राखेको छ ।’

गुरुङले पोखरा महानगरले शिक्षाका लागि मात्रै डेढ अर्ब बजेट विनियोजन विनियोजन गरेको जानकारी दिइन् । पोखरालाई शिक्षाको हबका रुपमा विकास गर्ने योजनासहित कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको र प्राविधिक शिक्षाको आवश्यकता महसुस गरेर बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको उनले जनाइन् । उनले तमु समुदायका व्यक्ति पनि सामाजिक र राजनीतिक रुपमा स्थापित हुनुपर्नेमा जोड दिइन् । तमुहरु सामाजिक र राजनीतिक रुपमा क्रियाशील नहुँदा राज्यको सहयोग लिन नसकिएको जनाइन् ।

‘आफना कार्यक्रमबारे चासो नदिँदा हामीले राज्यको तर्फबाट विनियोजन भएका बजेट र कार्यक्रमबारे जानकारी पाउन सकेका छैनौ । त्यसैले सामािजक र राजनीतिक रुपमा क्रियाशील हुनुपर्छ,’ उपमेयर गुरुङले भनिन् । सोँपाल तमु समाजका अध्यक्ष मोतिप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा वडा नम्वर ६ का अध्यक्ष विष्णुप्रसाद बराल, पवनकाजी अधिकारी, नारायण ढकाल, होम स्टे सञ्चालनका अध्यक्ष उर्मिला गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा विजयी उपप्रमुख गुरुङसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो भने समाजका सदस्यका छोरीछोरीबाट उत्कृष्ट अंक ल्याउन सफललाई छात्रबृत्ति वितरण गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया