ह्यान्डबलमा कास्कीको दोहोरो जित

समाधान संवाददाता २०७९ भदौ १७ गते १९:३३

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय ह्याण्डबल छनोट प्रतियोगितामा कास्कीले दोहोरो जित हासिल गरेको छ । पोखरा रंगशालाको ह्यान्डबल प्रशिक्षण केन्द्रको कोर्टमा शुक्रबार भएको फाइनल खेलमा महिला तथा पुरुषतर्फ बागलुङकै महिला तथा पुरुष टोलीलाई पराजित गर्दै कास्कीले दोहोरो जित हासिल गरेको हो ।


महिला तर्फको खेलमा कास्कीले बागलुङलाई २ का बिरुद्ध १४ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । कास्कीको जितमा योगिता गुरुङले डबल ह्याट्रिक ९६ गोल० गरेकी थिइन् ।पुरुषतर्फ भने कास्कीले बागलुङकै टोलीलाई ९—२६ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । कास्कीको शान्दार जितमा पवन तन्त्यालले १० गोलको योगदान दिए ।


विजयी खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला ह्यान्डबल संघका सल्लाहकार राम गुरुङले बताए । अबको केही समयपछि प्रदेशको लागि खेलाडी छनौट गरिने भएको संघ कास्की अध्यक्ष चित्रबहादुर थापाले बताए । प्रतियोगितामा पुरुष तर्फ ५ र महिलातर्फ भने ४ टोलीको मात्र सहभागिता थियो ।

Advertisement

खो खो पुरुषतर्फ नवलपुर प्रथम
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय खो खो छनौट प्रतियोगितामा पुरुषतर्फ नवलपुर प्रथम भएको छ । नवलपुरले घरेलु टोली कास्कीलाई झिनो ३ अंकको अन्तरले पछि पारेको हो ।

Advertisement


नवलपुरले १८ अंक ल्याउदा कास्कीले भने १५ अंक प्राप्त ग¥यो । प्रतियोगितामा ४ जिल्लाको सहभागिता रहेको प्रशिक्षक विशाल गुरुङले बताए । नवलपुर प्रतियोगितामा प्रथम भए पनि विभिन्न जिल्लाका गरी १४ जना खेलाडी छनोेट गरिएको छ । नवलपुरबाट सागर परियार, मौसम महतो, सुमीर श्रेष्ठ, शंकर रिजाल, सुनिल थापामगर र सुरेन्द्र महतो छानिएका छन् भने गोरखाबाट देवबहादुर गुरुङ रराचेशनी राना छन् ।


कास्कीबाट विवश परियार, रोबिन अधिकारी, शिवस टडाल र जोयल तामाङ छन् । वैकल्पिक खेलाडीमा गोरखाबाट स्वस्तिक बस्नेत र नरेश धामी छन् । टिम व्यवस्थापकमा भने सुरज पोखरेल छन् ।


महिलातर्फ भने कास्की र नवलपुरको खेल बराबरीमा टुंगिएको छ । निर्धारित ९÷९ मिनेटको खेलमा दुबैतर्फ १५÷१५ स्कोर भएको थियो । २÷२ मिनेटको अतिरिक्त समयमा पनि दुबै तर्फ ३÷३ स्कोर भएसँगै खेल बराबरीमा टुंगिएको हो ।
महिलातर्फ भने प्रतियोगितामा ३ जिल्लाबाट खेलाडी सहभागी भएको प्रशिक्षक विशालजंग कुंवरले बताए । प्रदेशको तर्फबाट छनोट भएका खेलाडीमा कास्कीबाट र नवलपुरबाट समान ६ जना छन् । कास्कीका सृष्टि पौडेल, सुजना कुँवर, भीमसरा रोका, ममता अधिकारी, सजिता सुनार र अञ्जली भुजेल छन् । नवलपुरकी महिमा बस्नेत, चित्रकुमारी सापकोटा, प्रियङका महतो, असरा गुरौं, पुनम महतो र रस्मिता श्रेष्ठ छानिएका छन् । वैकल्पिक खेलाडीमा कास्कीबाट वियसा सुनार र नवलपुरकी सलिना सेढाई छानिएका छन् ।

तपाईको प्रतिक्रिया