४ नम्बर वडाको १०० दिन : युवासँग वडाध्यक्षदेखि बिजुली पोलमा सूचनाबोर्ड

समाधान संवाददाता २०७९ भदौ १७ गते १९:४५

पोखरा ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको १०० दिन पूरा भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

पराजुलीले शुक्रबार पत्रकारहरु माझ निर्वाचित भएको पहिलो दिनदेखि यताका १०० दिनमा गरेका कार्यहरु सार्वजनिक गरेका हुन् । १०० दिने उपलब्धिमा बालबालिका, युवा र ज्येष्ठ नागरिकसँगका कार्यक्रमसहित २३ बुँदा समावेश छ । वडाध्यक्ष पराजुलीले वडाले १०० दिनमा उल्लेख्य कार्य गरेको दाबी गरे । उनले वडाले जनसरोकारसँग जोडिएको कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

वडाले वडाका युवाहरुसँग वडाध्यक्ष अन्तर्गत युवा स्वरोजगार सिपमूलक तालिम सञ्चालन गरेको छ । वडा कार्यालयले उक्त कार्यक्रममार्फत १८ जना युवालाई बाख्रापालन सम्बन्धी तालिम सञ्चालन गरेको वडाध्यक्ष पराजुलीले जानकारी दिए । वडा कार्यालयले वडाभित्रका बिजुलीको पोलमा १९ वटा पुराना बोर्ड मर्मत गरी १४ वटा नयाँ सूचनामूलक बोर्ड थप गरेको छ ।

Advertisement

वडाध्यक्ष पराजुलीका अनुसार गैरापाटनको नवीन माध्यमिक विद्यालय छेउको सडकपेटीमा फलामको बार राखिएको र नालाको मुखको बालधारा पुनर्निर्माण गरिएको छ । उक्त विद्यालयका कक्षा १ देखि १० सम्मका विपन्न वर्गका ६३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वडाले सोही विद्यालयका प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।
वडाले अशक्त अपांगका लागि आर्थिक तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रममार्फत २० जना सहभागी क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिइएको वडाध्यक्ष पराजुलीले बताए । साथै २ जनालाई सामग्री वितरण गरिएको थियो ।

उद्धार बाल विकास केन्द्र व्यवस्थापन अन्तर्गत वडाभित्रका बाल विकास केन्द्रका लागि अफिस दराज, फर्निचर र पिङ खरिद गरिएको थियो । वडाभित्रका टोल विकास संस्था, विद्यालय र युवा क्लबलाई खेलकुद सामग्री वितरण गरेको छ । वडा कार्यालयले वडाभित्रका १४ वटा टोल विकास संस्था, १ माध्यमिक विद्यालय र १ युवा क्लबलाई खेलकुद सामग्री वितरण गरिएको वडाध्यक्ष पराजुलीले बताए ।

Advertisement

रामकृष्णटोल बालधारा पुननिर्माण, जनप्रतिनिधि तथा कार्यालयका कर्मचारी अध्ययन अवलोकन भ्रमण र वडाका १३ ज्येष्ठ नागरिकलाई वडाले सम्मान गरेको छ । यस्तै ४३ ज्येष्ठ नागरिकको धार्मिक भ्रमण तथा ७५ वर्ष पुगेका ११५ जनालाई छाता वितरण र जेष्ठ नागरिक विश्रामस्थल र शौचालय निर्माण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले वडाभित्रका ३० बालबालिकालाई बालअधिकार तथा नेतृत्वविकास सम्बन्धी तालिम र बाल क्लबलाई अफिस दराज र ह्वाइट बोर्ड प्रदान गरिएको वडाध्यक्षले जानकारी दिए । यस्तै २ लाख १२ हजार ६ सय बराबरको तरकारी, फलफल र फूलका विरुवा वितरण गरिएको हो । वडा कार्यालयले जनप्रतिनिधि र ६५ जना महिलाहरुबीच २ दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । महिलासँग वडाध्यक्ष अन्तत्र्रिmया कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

८ वटा आमा÷महिला समूहलाई अफिस दराज, साउन्ड स्पिकर, वाद्यवादन सामाग्री फर्निचर तथा भाँडाकँुडा लगायत व्यवस्थापन सामग्री वितरण गरिएको वडाध्यक्ष पराजुलीले जानकारी दिए । सो समयमा ४ वटा मन्दिरमा रंगरोगन र सर्वेश्वर महादेवको मन्दिरमा टायल बिच्छ्याउने काममा गरिएको हो ।

वडाका ४ वटा सहरी स्वास्थ्य केन्द्रलाई औषधी तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । वडा कार्यालयमार्फत ४ सहरी स्वास्थ्य केन्द्रलाई १ लाखको औषधी र ५० हजारको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष पराजुलीले बताए ।

वडाले भित्री सडक ढलान तथा मर्मत गरेको छ । स्वास्थ्य स्वयंसेविका, महिला समूहका सदस्य जनप्रतिनिधि र कर्मचारी गरी ३४ जना सहभागी २ दिने अध्ययन अवलोकन भ्रमण गरेको छ । ५० जना विपन्न वर्ग, मुस्लिम, दलित तथा जनजातिका महिलाहरुलाई उदघोष तथा भाषणकलासम्बन्धी तालिम सम्पन्न भएको वडाध्यक्ष पराजुलीले जानकारी दिए ।

सो अवसरमा पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांग, वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र वडा नम्बर ३ प्रकाश उदासले आफ्ना कामहरुमा मिडियाको सुझाव र सल्लाहको आवश्यकता औंल्याए । कार्यक्रममा वडा सदस्य प्रकाश कोइरालाले स्वागत र वडा सचिव सुरेन्द्र शर्माले उद्घोषण गरेका थिए ।

तपाईको प्रतिक्रिया