ज्योति आधारभूत विद्यालयलाई सिद्धार्थ क्लबको सहयोग

पोखरा ।
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिकाको श्री ज्योती प्रकाश आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोदनारायण श्रेष्ठले आफूहरुको सहयोगले विद्यालयलाई सहयोग पुग्ने आशा व्यक्त गरे ।
रुपा गाउँपालिकाका शिक्षा सहायक बृहस्पति अधिकारीले विद्यालयको शैक्षिक, भौतिक प्रगति प्रति क्लबले गर्दै आएको सहयोगको प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मकवुल हुसेन मिया, सिद्धार्थ क्लबका निर्देशक विनोदप्रसाद श्रेष्ठ, सल्लाहकार समिति सचिव पार्वती माकाजू, विद्यालयका प्रधानाध्यापक शिवराज लामिछाने लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक लामिछानेले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा विद्यार्थीहरुका लागी आवश्यक कापी, पेन्सील, इरेजर लगायतका शैक्षिक सामग्री, विद्यालयको पोशाकका साथै फुटबल, रबर रिङ, क्यारेम बोर्ड, लुडो, स्किपिङ जस्ता खेलकुदका सामाग्री सहयोग गरिएको थियो ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया