ज्योति आधारभूत विद्यालयलाई सिद्धार्थ क्लबको सहयोग

समाधान संवाददाता २०७९ भदौ २४ गते ११:२३

पोखरा ।
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिकाको श्री ज्योती प्रकाश आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोदनारायण श्रेष्ठले आफूहरुको सहयोगले विद्यालयलाई सहयोग पुग्ने आशा व्यक्त गरे ।


रुपा गाउँपालिकाका शिक्षा सहायक बृहस्पति अधिकारीले विद्यालयको शैक्षिक, भौतिक प्रगति प्रति क्लबले गर्दै आएको सहयोगको प्रशंसा गरे ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मकवुल हुसेन मिया, सिद्धार्थ क्लबका निर्देशक विनोदप्रसाद श्रेष्ठ, सल्लाहकार समिति सचिव पार्वती माकाजू, विद्यालयका प्रधानाध्यापक शिवराज लामिछाने लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक लामिछानेले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहने बताए ।

Advertisement


कार्यक्रममा विद्यार्थीहरुका लागी आवश्यक कापी, पेन्सील, इरेजर लगायतका शैक्षिक सामग्री, विद्यालयको पोशाकका साथै फुटबल, रबर रिङ, क्यारेम बोर्ड, लुडो, स्किपिङ जस्ता खेलकुदका सामाग्री सहयोग गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया