जनता सहकारी १२ वर्षमा

समाधान संवाददाता २०७९ असोज ४ गते ११:०५

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दुर्गा सुवेदीले सहकारीहरुलाई स्थानीय स्तरको विकास निर्माणको अभियानमा जोडिन आग्रह गरेका छन् । पोखरा ३० को पावर हाउसमा रहेको जनता बहुउदेश्यीय सहकारीको ११ औं वार्षिक साधारण सभामा अध्यक्ष सुवेदीले सेयर सदस्यको मन जित्न र सहकारीले अवलम्बन गर्नुपर्ने सामाजिक उत्तरदायित्व प्रभावकारी रुपमा निभाउन उनले आग्रह गरे ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहकारीले व्यवसायिक उत्पादनमा प्रोत्साहन हुने खालका क्षेत्रमा लगानी वढाउनुपर्ने सुझाव दिए । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले सहकारीले पैसा होइन, सेवा र वस्तु बेचेर सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने खालका योजना ल्याउनुपर्ने धारणा राखे ।

संस्थाका अध्यक्ष कुलबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका प्रमुख सन्तोष घिमिरे, गौतम ऋषि बचत तथा ऋण सहकारी अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, समृद्धि सहकारी अध्यक्ष सुमन भट्टराई, संस्थाका वरिष्ठ सल्लाहकार विश्वमोहन पौडेल, निर्वतमान अध्यक्ष शोभामोहन पौडेल, सहिद स्मारक आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम लिगल, शिक्षा उपसमिति संयोजक दयाराज भण्डारी, सचिव भरतराज ओझा, उपाध्यक्ष विश्वराज लामिछाने लगायतले बोलेका थिए । २०६८ सालमा स्थापना भएको यो सहकारीमा अहिले ४ सय ६६ सेयर सदस्य छन् ।

Advertisement

तपाईको प्रतिक्रिया