लेकसाइडमा एटिएम फुटाउँदै गर्दा धादिङका मनोज पक्राउ

समाधान संवाददाता २०७९ असोज ४ गते १४:२१

पोखरा ।
पोखराको लेकसाइड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गर्दा धादिङ घर भएका मनोज कुमाल पक्राउ परेको छन् ।

सोमबार राति एटिएम फोडेर पैसा निकाल्ने प्रयास गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ सल्यानटार घर भएका मनोजको साथबाट प्रहरीले १ थान खुकुरी फेला पारेको छ । २५ वर्षीय मनोजलाई कास्की प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेका जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया