ब्याज नबढाउन उद्योग वाणिज्य संघकाे माग

समाधान संवाददाता २०७९ असोज ७ गते ११:०३

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले चाडपर्व नजिकिंदै गएको अवस्थामा बैंक तथा वित्तीय संस्थाले ल्याएको कर्जासम्बन्धी नयाँ व्यवस्थाले व्यवसायी मारमा पर्ने जनाएको छ । दिनानुदिन बैंक तथा वित्तीय संस्थाले गरिरहेको ब्याज वृद्धि, नेपाल राष्ट्र बैंकले गरेको आयातमा कडाई र लगानी योग्य पुँजीक अभावले कोरोनाबाट भर्खर उठ्न खोजिरहेको अर्थतन्त्र र उद्योगी व्यवसायी थला परेको विज्ञप्तिमा उल्लेख छ ।

एकल अंकको ब्याजदरमा रहेका उद्योगी, व्यवसायीलाई ६ महिनाको समय पनि नपुग्दै दोब्बर ब्याज वृद्धिले गर्दा साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको संघका महासचिव बलराम आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे । जसले गर्दा उत्पादित सामानहरुको पनि मूल्य आकासिँदै छ ।

निक्षेप र कर्जाको ब्याजदर बढाउने बैंक तथा वित्तीय संस्थाको निर्णयले गर्दा कर्जा लिएर व्यापार, व्यवसाय गरिरहेका उद्योगीलाई मात्र नभई राज्यको आर्थिक वृद्धिमा समेत नकारात्मक असर परेको विज्ञप्तिा उल्लेख गरे । लगानीयोग्य पुँजीको कमी, तरलताको अभाव तथा विगत केही समयदेखि गरिएको आयातमा कडाईले पनि औद्योगिक एवं व्यवसायिक क्षेत्र थलिँदै गएको छ भने सबै क्षेत्रले लगानीको अभावमा क्षमता अनुसार कार्य गर्न पनि असमर्थ छन् ।

Advertisement

राष्ट्र बैंकले हालैमात्र जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानसमेत व्यवसायी र उद्योगीको हितमा नभएको विज्ञप्तिमा उल्लेख गरे । विश्वको अर्थतन्त्र नै खस्किइरहेको अवस्थामा अर्थतन्त्र खस्किने खालका नीतिले झनै नेपालमा उद्यमी र व्यवसायीलाई निरुत्साहित हुने क्रियाकलाप भएको भन्ने आम निजी क्षेत्रको बुझाइरहेको विज्ञप्तिमा उल्लेख छ ।
बजार अनुगमनको नाममा विभिन्न निकायबाट उद्योगी, व्यवसायीलाई आतंकित पारिएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया