एसओएस हर्मनमा पिस पोष्टर प्रतियोगिता

समाधान संवाददाता २०७९ असोज ७ गते १६:२१

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्णले एसओएस हर्मन माइनर विद्यालयमा पिस पोष्टर प्रतियोगिता गरेको छ । प्रतियोगीतामा १२ बर्ष देखि १३ बर्ष सम्मका विद्यार्थीको सहभागिता थियो । मोनिका सुनारले प्रथम स्थान प्राप्त गरिन् । द्धितिय सोनम दावा, तृतीय सिमसना सुनार र सान्तवना स्थान कर्मा ल्हामोले प्राप्त गर्न सफल भएका छन् ।

डिष्टिक ३२५ जेका डिष्ट्रिक चिफ सोनाम साङपोले विद्यालयको अतिरिक्त क्रियाकलापमा यस्तो प्रतियोगिताले विद्यार्थीको सिप निखार रहने बताए । जोन चियरपर्सन सूर्य प्रसाद बरालले चित्रकला प्रतियोगिताले विद्यार्थी बिच राम्रो प्रतिष्पर्धा हुने बताए । लायन्स क्लब अन्नपूर्ण नाईसका अध्यक्ष तिर्थ श्रेष्ठले बालबालिकाको चित्रकलाबाट आफुसाह्रै नै प्रभावित भएको बताए । कार्यक्रमका निर्णायक विश्व केसी बिद्यार्थीको मेहनत ले भबिष्यमा राम्रो कलाकार बन्ने बताए । विद्यालयका शिक्षक सितेन दोर्जेले विद्यालयका अतिरिक्त क्रियाकलापमा कार्यक्रमले विद्यार्थीको सिपले भविष्यमा अझ बढि लगनशिल हुने बताए ।

क्लब का पूर्व अध्यक्ष डम्मर सिं गुरुङ, रविसन्स प्रजु प्रदीप राज भण्डारीेले कार्यक्रमले.भाई बहिनीहरुको भविष्यमा उच्च मुल्यांकन हुने बताए । कार्यक्रमको सभापतिमा क्लबका अध्यक्ष विजय पौडेल थिए । कार्यक्रमका संयोजक प्रथम उपाध्यक्ष बिष्णुकुमार गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सह सचिव गणेश छबिले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया