राधालक्ष्मी पुरस्कार वियोगीलाई

समाधान संवाददाता २०७९ असोज ९ गते ११:५३

पोखरा ।
हेमजा साहित्य प्रतिष्ठान नेपालले माधव वियोगीलाई राधालक्ष्मी साहित्य पुरस्कार प्रदान गरेको छ । २ सय २९ औं शुभप्रभात काव्यमालाका साथ नेपालीका महान पर्वहरु दसैं, तिहार, छठ तथा ११४३ औं नेपाल संवतको शुभकामना आदानप्रदान समारोहमा वियोगीलाई पुरस्कृत गरिएको हो ।

Advertisement

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले पुरस्कार ठूलो सानो नहुने उल्लेख गर्दै यसले सर्जकलाई थप क्रियाशील हुन सघाउने जनाए । उनले राम्रा कुराको अनुकरण गर्नु नै व्यक्तिको सम्मान भएको तर्क गरे ।

प्रतिष्ठानका अध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव शिव त्रिपाठी, कृष्णप्रसाद पौडेल, उपाध्यक्ष बलराम पौडेल, सचिव सुनील गायक, पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिना, राधालक्ष्मी साहित्य पुरस्कारका संरक्षक केशवशरण पौडेल, सम्मानित व्यक्तित्व माधव वियोगी लगायतले बोलेका थिए । कार्यक्रममा संरक्षक माधवशरण पौडेल र आर्या त्रिपाठीले सुनाए ।

तपाईको प्रतिक्रिया