गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल प्रतियोगिता

समाधान संवाददाता २०७९ असोज १० गते १४:२६

पोखरा ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिता भएको छ । असोज ७ र ८ गते सञ्चालित प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३८ समूह र महिला तर्फ ११ समूहको सहभागिता थियो ।

प्रमुख अतिथिमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र थिए । प्रतियोगितामा डेपुटी गभर्नरको नेतृत्वमा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेल समेत सञ्चालन भएको थियो ।

फाईनल खेलमा पुरुष समूह तर्फ नबिल बैंक लिमिटेडले सिद्धार्थ बैंक लिमिटेडलाई ट्राईबेकरमा हराउँदै विजयी भयो । लक्ष्मी बैंक लिमिटेडले फाईनल खेलमा मेगा बैंक लिमिटेडलाई १–० गोलले हराउदै प्रतियोगितको महिला समूह तर्फ विजेता बन्न सफल भयो ।

Advertisement

पुरुषतर्फ सिद्धार्थ बैंकका अमित लम्साल, नबिल बैंकका फडेन्द्र जङ गुरुङ र अमित पौडेलले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् भने महिला समूहतर्फ लक्ष्मी बैंककी स्वेच्छा श्रेष्ठ, मेगा बैंककी तृष्णा प्रधान र पोखरा फाईनान्सकी स्मृति आले मगरले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् ।

गण्डकी प्रदेशखेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा रामशरण खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिना, केन्द्रीय सचिव कृष्ण प्रसाद खराल, सचिवालय सदस्य तुल्सीराम बाँनिया, केन्द्रीय सदस्य रमेस खतिवडा, नेपाल राष्ट्र बैंक पोखराका उप निर्देशक पुष्कर सुर्खाली, उप निर्देशक प्रतिभा अधिकारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका संयोजक समिर केसी, डेपलपमेण्ट बैंकर्स एशोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर केसीको उपस्थिति थियो ।

Advertisement

पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गरेका थिए भने सञ्चालन सचिव जितेन्द्रराज शाक्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया