शुभकामना सहकारीमा बरुवाल

समाधान संवाददाता २०७९ असोज १२ गते १७:२०

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको शुभकामना बचत तथा क्रण सहकारी संस्थाको आगामी कार्याकालका लागि प्रेमशंकर बरुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संथाको १३ औं वार्षिक साधारण तथा ५ औं अधिवेशनले गोकर्ण बरुवालको अध्यक्षतामा ११ सदस्यी कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामचन्द्र आचार्य, सचिवमा ठाकुरप्रसाद सापकोटा, सहसचिवमा गोपालबहादुर घिमिरे, कोषध्यक्षमा इन्द्रबहादुर कार्कीलाई चयन गरेको हो । सदस्यमा बमबहादुर मल्ल, टेकराज तिमिल्सिना, हर्कबहादुर भण्डारी, कमल केसी, क्षेत्रबहादुर केसी र मीरा गिरी छन् । लेखा समिति संयोजकमा झलकमान शर्मा र शिक्षा उपसमिति संयोजकमा राजेश गुरुङ चयन भएका छन् ।

पोखरा महानगरपालिका सहकारी विभागका प्रमुख भरतराज पौडेलेको प्रमुख आतिथ्यतामा र राष्ट्रिय सहकारी बैंकका प्रमुख नरेश पाण्डेको विशेष आतिथ्यतामा सभा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया