क्षत्रशत्ति सहकारीको १२ औं सभा

समाधान संवाददाता २०७९ असोज १२ गते १७:२८

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको क्षत्रशत्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा बुधबार भएको छ । साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले सहकारीमा धनि, गरिव, व्यापारी ,कृषक जो कोही पनि सदस्य हुन पाउने भएकाले सहकारी साझा चौतारी भएको धारणा राखे ।

अध्यक्ष गुरुङले सहकारीहरुमा पछिल्लो समयमा देखिएका केही समस्यहरुका बारेमा सञ्चालकहरु सचेत हुनु पर्ने र सेयर सदस्यहरुले खवरदारी गर्नु पर्ने सुझाव राख्दै सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी बढाएर आय आर्जनलाई छनोट गर्न सक्ने हो भने सहकारीले परकल्पना गरेको उदेश्य प्राप्ती हुने भनाई राखे ।

कांग्रेस नेता राजेन्द्रमणि लामिछानेले सहकारीमा रहने जो कोहीले पनि व्यक्तिगत स्वार्थलाई भन्दा पनि संस्थागत हितलाई मध्यनजर राखेर काम गर्नु पर्ने बताए । लेखनाथ उद्योग बाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले सहकारीहरुले लगानीका सम्भावनाहरुको खोजी गरि व्यवसायिक उत्पादनतर्फ अग्रसर हुनु पर्ने सुझाव दिए ।

Advertisement

संस्थाका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष ईन्द्रबहादुर थापा, सेयर सदस्य सूर्यप्रसाद बास्तोला र लक्ष्मी ताम्राकार लगाएतले सहकारीले गर्नु पर्ने काम कर्तब्य र अधिकारका बारेमा जानकारी गराएका थिए ।

असल बचतकर्ता निर्जला थापा, कमला पौडेल असल कारोवार तर्फ सन्तोष कोईराला र उत्कृष्ण किसान तर्फ कृष्णप्रसाद बास्तोला ,वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं ३० का वडासदस्य विनोद प्रसाद लामिछाने र राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कास्कीका अध्यक्ष शालिकग्राम गौतमलाई सम्मान गरिएको थियो ।

Advertisement

संस्थाका उपाध्यक्ष सप्तबहादुर जिसीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सुवास खड्काले गरेका थिए ।
२०६७ सालमा स्थापना भएको सहकारीले पछिल्लो समय दुई हजार एक सय ५४ सेयर सदस्यहरु मार्फत चार करोड ४४ लाख ३४ हजार दुई सय रुपियाँ सेयर पुँजी बनाउन सफल भएको छ ।

तपाईको प्रतिक्रिया