फेवा पब्लिकमा आँखा जाँच

समाधान संवाददाता २०७९ असोज १३ गते १३:३९

पोखरा ।
पोखराको गणेश टोल स्थित फेवा बोर्डिङ स्कुलले बुधबार विद्यालयमा आँखा शिविरको आयोजना गरेकाे छ । शिविरमा ४ सय ५० विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकको आँखा परीक्षण गरिएको छ ।

हिमालयन आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोगमा भएको शिविर विद्यालयका प्राचार्य अच्यूत पाण्डेले सुरुआत गरे । गुणस्तरीय शिक्षाका लागि विद्यार्थी स्वस्थ हुनुपर्छ भन्ने मन्यता अनुरुप शिविर आयोजना गरिएको प्राचार्य पाण्डेले बताए । उनने हरेक चार/चार महिनामा विद्यालयले स्वास्थ्य शिविर आयोजना गर्ने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया