गोरखा २ बाट प्रचण्डले गरे उम्मेदवारी दर्ता

समाधान संवाददाता २०७९ असोज २३ गते १५:४९

पोखरा ।
मंसिर ४ मा हुने प्रतिनिनि सभा चुनावका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् । प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी मंसिर ४ मा हुने प्रतिनिनि सभा चुनावका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रदेश सभामा भने बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता भएको छ। प्रदेश (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा क्षेत्र (ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ यहाँ नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गरेका छन् ।

Advertisement

गोरखाको दुई प्रतिनिधि सभा क्षेत्रमध्ये माओवादी र कांग्रेसले एक/एक क्षेत्र बाँडेर उम्मेदवारी दर्ता गरेका हुन्। क्षेत्र नम्बर १ मा भने कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेश सभा (क) मा माओवादीका कृष्ण धिताल र (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया