किशाेरदत्त बरालका वागी खिम जिसी

समाधान संवाददाता २०७९ असोज २४ गते ११:४६

पाेेखरा ।

कास्की निर्बाचन क्षेत्र नम्बर १ बाट सत्तागठबन्धनबाट टिकट पाएका कास्की कांग्रेसका सभापति किशाेरदत्त बराल विरुद्ध कांग्रेसकै एक युवाले वागी उमेद्वारी दिएका छन् ।

कांग्रेस गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि ३९ वर्षीय खिम बहादुर जिसीले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् । मादी गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पाेखरा–१३ मा बसाेबास गर्दै आएका जिसीकाे प्रस्तावकमा चन्द्र राना र समर्थकमा सोम रानाभाट बसेका छन् ।

Advertisement

आफ्नाे जीवन नै राजनीतिका लागि अर्पेका नेतालाई पाखा लगाएर चाकडी, चाप्लुसी र पैसाकाे भरमा टिकट ल्याउनेका विरुद्धमा आफ्नाे उमेद्वारी रहेकाे जिसीले समाधानलाई बताए ।

कांग्रेसबाट टिकट पाएका जिल्ला सभापति किशाेरदत्त बरालले जिल्ला महाधिवेशनमा आफैले गरेकाे प्रतिवद्धता विपरित टिकट हात पारेकाे भन्दै जिसीले पार्टीमा याेगदान गर्नेहरुकाे अवमूल्यन गरिएकाेले स्वतन्त्र निर्बाचन लड्न बाध्य भएकाे बताए । जिसीका अनुसार बरालले सभापतिकाे निर्बाचन लड्दा पाँच वर्ष कुनै पनि पदमा दावी नगर्ने प्रतिवद्धता सार्वजनिक गरेका थिए ।

Advertisement

वागी उमेद्वार जिसीले आफुलाई इमान्दार पुराना र जाेशिला युवा कांग्रेसले साथ दिने दावी समेत गरे ।  उनले आफूु १५ वर्षकाे उमेरदेखि निरन्तर पार्टीमा सकृय रहेकाे बताउदै पार्टी भित्र झाँगिएकाे गलत प्रवृति विरुद्ध विद्राेह गरेकाे बताए ।

तपाईको प्रतिक्रिया