एगामा शुभकामना

समाधान संवाददाता २०७९ असोज २४ गते ११:४७

पोखरा ।
इम्ब्रोइडरी एन्ड गार्मेन्ट्स एसोसिएसन पोखराले विजयादशमी, दीपावली लगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले मौलिक चाडपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । व्यवसायिक एकतामा जोड दिँदै उनले पर्यटनको विकासका लागि राज्यको प्राथमिकता पर्नुपर्ने बताए ।

पर्यटनकर्मी वासु त्रिपाठीले पर्यटन व्यवसायी एक भएरअघि बढ्नुपर्ने आवश्यकता औंल्याए । पोखरा उद्योग उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदी, संस्थाका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष गोकर्ण लम्साल, सचिव गीता ढकाल लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया