गगनगौंडा सहकारीमा वसन्त

समाधान संवाददाता २०७९ असोज २४ गते १२:४३

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ स्थित गगनगौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनले वसन्तराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

उपाध्यक्षमा पुष्पराज शर्मा पौडेल, सचिवमा भुवानीप्रसाद पौडेल, कोषाध्यक्षमा भरत थापा र सदस्यमा विनोद श्रेष्ठ, गंगा पौडेल, पूर्णदीप पौडेल, धनकुमारी परियार, इन्द्रा गुरुङ, पार्वती पन्थी र रामप्रसाद तिवारी चुनिए । लेखा समिति संयोजकमा पवित्रा अधिकारी र सदस्यमा भगवती सुवेदी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया