कोलपाटन आमा समूहमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ असोज २४ गते १२:४५

पोखरा ।
पोखरा १७ स्थित कोलपाटन आमा समूहको १४ औं साधारण सभा एवं सातौ अधिवेशनले सावित्री पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको छ ।

समूहको उपाध्यक्षमा अम्बा पराजुली, सचिव करणा बराल, सहसचिव सर्मिला पौडेल, कोषाध्यक्षमा सुशीला बानिया र सहकोषाध्यक्षमा सविना बानिया छन् । सदस्यमा लक्ष्मी गौतम, सीता कुँवर, सरस्वती पराजुली, सुष्मा पौडेल, पशुपति बानिया, सीमा थापा, लक्ष्मी शर्मा बराल, सीता बराल र सावित्री पराजुली छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्राप्त हक, अधिकार उपयोग गर्दै थप अधिकारका लागि महिला एकतावद्ध भएर अघि बढनुपर्ने बताए । महिला नेतृत्व विकाससँगै आयआर्जनमा समेत जोडिएको बताउँदै उनले यस्ता समूहलाई जनताको नजिकको स्थानीय सरकारको साथ र सहयोग हुनुपर्ने आवश्यकता औंल्याए ।

Advertisement

पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले वडाका अत्यावश्यक र अधुरा विकास, निर्माणका कार्यलाई सम्पन्न गर्ने अभियानमा जुटेको जनाए । उपसभामुख शर्माले कोलपाटन बहुदेश्यीय भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघ, संस्था एवं व्यक्तित्वलाई सम्मान गरिन् ।

समूहका अध्यक्ष सावित्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडाध्यक्ष प्रकाश पौडेल, समाजसेवी हेरम्बराज पराजुली, समूहका पूर्व अध्यक्ष पार्वती कार्की, समाज कल्याण समितिका अध्यक्ष कृष्णबहादुर खत्री, अम्बिका पराजुली लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया