हेमजामा योग साधना केन्द्र

समाधान संवाददाता २०७९ असोज २४ गते १३:१७

पोखरा ।
पतञ्जली योग समिति नेपाल तथा पतञ्जली योग समिति कास्की अन्तर्गत पोखरा २५ हेमजामा हेमजा योग साधना केन्द्र आइतबारबाट सुरु भएको छ ।

पतञ्जली योग समिति गण्डकी प्रदेशका प्रदेश प्रभारी नरेन्द्र लालचनले केन्द्र सुरुआत गरे । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ वडा सदस्य धनकुमारी पोखरेल तिमिल्सिना र रामचन्द्र ढुंगाना, रुद्रनाथ पौडेल, पतञ्जली योग समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया