गायत्री सिकाई केन्द्रको साधारण सभा

समाधान संवाददाता २०७९ असोज २४ गते १७:१४

पोखरा ।
पोखराको वडा नम्बर १९ मा रहेको गायत्री बहुउद्धेस्यिय सामुदायिक सिकाई केन्द्रको साधारण सभा भयको छ । सभाको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले केन्द्रले गरेका कार्यहरू सकारात्मक रहेको बताउँदै कृषि क्षेत्रमा समेत काम गर्न सुझाव दिए । उनले केन्द्रले गर्ने कार्यलाई सहयोग गर्न स्थानीय सरकार तयार रहेको समेत स्पष्ट पारे ।

केन्द्रका अध्यक्ष पूर्व वडाध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विकास आचार्य, पूर्व वडा सदस्य कृष्णप्रसाद गौतम, शिक्षासेवी लेखनाथ लामिछाने, नव सचेतना क्लवका अध्यक्ष दर्शन पौडेल, महेन्द्र मावि घार्मीका प्रधानाध्यापक वासुदेव पौडेल, विद्यालय व्यवस्थापन समिति एवं केन्द्रका पदाधिकारी सदस्य वैकुण्ढ पौडेल लगायतकाले केन्द्रले गरेका कार्यको प्रशंसा गरेका थिए ।

परिचालिका पवित्रा पौडेलले पेश गरेको गत वर्षको प्रतिवेदन पास गर्नुका साथै आगामी कार्यक्रमलाई समेत अनुमोदन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया