कास्कीकाेटकाे कालिका माध्यमिककाे ताला फोडेर हाजिरी गर्ने शिक्षकलाई कारबाहीको माग

समाधान संवाददाता २०७९ असोज २४ गते २०:३४

पोखरा ।
आफू विद्यालयमा गयल भएका दिनको हाजिरी गर्ने शिक्षक र हाजिरीमा सहयोग गर्ने विद्यालय व्यवस्थापक अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीलाई कारबाहीको माग गर्दै ६ राजनीतिक दलका नेताहरुले संयुक्त विज्ञप्ति निकालेका छन् ।


पोखरा २४ कास्कीकोटको कालिका माध्यमिक विद्यालयका विज्ञान शिक्षक दीपेन्द्र बस्ताकोटीले असोज १५ गते विद्यालय व्यवस्थापकका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको सहयोगमा शनिबारको दिन विद्यालयको ताला फोडेर गयल भएको १० दिनको हाजिरी लगाएपछि स्थानीय राजनीतिक दलका नेताहरुले हदैसम्मको कारबाहीको माग गर्दै संयुक्त विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा कांग्रेस बाहेक अन्य रानीतिक दलका नेताहरुले हस्ताक्षर छ । विज्ञप्तिमा पोखरा २४ का एमाले अध्यक्ष शिव सुवेदी, माओवादीका वडा सचिव शालिकग्राम सुवेदी, एकीकृत समाजवादीका विश्वराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अक्कलबहादुर जिसी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष जीवन अधिकारी र जनता समाजवादी पार्टीमा अध्यक्ष मिनबहादुर बस्नेत दुवै जनालाई हदैसम्मको कारबाहीको माग गरेका हुन् । ‘विद्यालयमा असोज १५ गते शनिबारका जिम्मेवार व्यक्तिहरुबाटै विद्यालयको प्रशासनिक कोठा तोडफोड गरी हाजिरी गराएर अराजक गतिविधि गरेकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संलग्न शिक्षकलाई अनुसन्धान गरि हदैसम्मको कारबाही माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

Advertisement


भएको के थियो ?
विद्यालय बन्द भएको दिन असोज १५ गते अपराह्न ४ बजे व्यवस्थापक अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको सहयोगमा विद्यालयको ताल्चा फोडेर गत २९ भदौदेखि ९ असोजसम्मको हाजिर गरेको भेटिएको थियो । शिक्षक बास्ताकोटी लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने सेटिङ गरेको घटनामा संलग्न प्रहरीले प्रत्यक्ष समातेको थियो । यसघटनापछि विद्यालय व्यवस्थापन समितिले १९ जेठदेखि २९ भदौसम्म निलम्बन गरेको थियो ।

शिक्षक दीपेन्द्रले सक्कली परीक्षार्थीबाट लाखौँ पैसा लिएर सेटिङमा गरेको खुलेको थियो । उनले विद्यालयका विद्यार्थीलाई भने हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुन जानुपर्ने बताउँथे । तर उनले अदालतबाट केही समयमात्र सफाइ पाइसकेका छन् । अदालतकाे सफाइपछि उनी एक्कासी हाजिरी गर्न विद्यालय पुगेका थिए । विद्यालय प्रशासनले उक्त समयकाे हाजिरी गर्न नमिल्ने बताएपछि उनी आक्रमक बनेका थिए । हाजिरी गर्न नपाएपछि आक्रमक बनेका उनी शनिबारकाे दिन व्यवस्थापनका अध्यक्षासँग सँग मिलेर हाजिरी गर्न विदाकाे दिन विद्यालय पुगेका थिए ।

Advertisement

विद्यालयले जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्कीलाई तोडफोड भएको घटनाका संलग्नलाई कारबाही माग गरेर पत्र लेखेपछि कारबाही भएको छैन । विद्यालयमा गलत किसिमका गतिविधि बढेपछि स्थानीय राजीतिक दल मिलेर दुवैजनालाई कारबाहीको माग गरेका हुन् ।

तपाईको प्रतिक्रिया