मौसम खराब हुँदा सयौं पर्यटक अलपत्र

सुन्दरकुमार थकाली २०७९ असोज २५ गते १०:३८

जोमसोम ।
हिमाली क्षेत्रमा सयौं पर्यटक अलपत्र परेका छन् । केही सो स्थानबाट सम्पर्क विहीन भएको आशंका गरिएको छ । दसैं पर्वअघि ६ सयदेखि ७ सय हाराहारीमा मनाङ, मनाङ, गोर्खा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पर्यटक पुगेका थिए । निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण पर्यटक बीच बाटोमै अलपत्र परेका छन् भने केही पर्यटक सम्पर्क विहीन अवस्थामा रहेको जनाइएको छ ।

मनास्लु, अन्नपूर्ण र धौलागिरी र उपल्लो डोल्पामा पुगेका विदेशी पर्यटकको हेलीमार्फत उद्दार भइरहेको नेपाल ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का महासचिव विनोद सापकोटाले जानकारी दिए । दसैंअघि करिब ७ सय पर्यटक विभिन्न कम्पनीमार्फत पश्चिम हिमाली क्षेत्रमा प्रस्थान गरेको भए पनि कुन कुन क्षेत्रमा कति विदेशी पर्यटक गएका थिए भन्ने एकिन तथ्यांक टानसँग उपलब्ध नभएको महासचिव सापकोटाको भनाइ छ ।

उनले टानसँग पदयात्री सूचना व्यवस्थापन प्रणाली( टिम्स)लिने पर्यटक नभएकाले के कति सख्यामा पर्यटक अलपत्र छन्, कति सम्पर्क छन् भन्ने तथ्यांक नहुँदा पर्यटकको विस्तृत विवरण खुल्न नसकेको बताए ।
सापकोटाले मनास्लु, अन्नपूर्ण र धौलागिरी सर्किटमा करिब २०/२५ विदेशी पर्यटक सम्पर्क विहीन भएको अनुमान गरेका छन् । उनले हिमाली सर्किटमा पुगेका पर्यटकको उद्दारका लागि सिम्रिक एअर, एअर डोइनोस्टिक, कैलास एअर लगायतका हेली परिचालन गरिएको छ ।

Advertisement

विभिन्न ट्रेकिङ कम्पनीले पर्यटकको क्ल्याम इन्सुरेन्स लगायतको व्यवस्था गर्ने भएकाले उनीहरुले आफैं पर्यटकको खोजी गरिरहेको टान महासचिव सापकोटाले खुलाए । ‘विभिन्न ट्रेकिङ कम्पनीले आ–आफ्ना पर्यटक हराएको सूचना जानकारी गराएका छन् तर विस्तृत विवरण दिएका छैनन्’, उनले भने, ‘केही पर्यटक सम्पर्क विहीन र कतिपय पर्यटक अलपत्र परेको सूचना आको छ । दसै सेरोफेरोमा फ्रेन्च पर्यटक पश्चिम क्षेत्र गएका थिए ।’ उनले अलपत्र परेका पर्यटकको मनाङ र मुस्ताङबाट उद्दार भइरहेको जनाए ।

अविरल वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात लगायतका कारणले पर्यटक अलपत्र र तथा सम्पर्क विहीन भएका हुन् ।सोमबारमात्रै मनाङ र मुस्ताङको थोरङ्पासमा अलपत्र परेका करिब ३० पर्यटक सम्पर्कमा आएको स्थानीय पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए । उनले अलपत्र परेका पर्यटक सकुशल उद्दार भएको बताए ।

Advertisement

मुस्ताङको धौलागिरी सर्किटमा ६ पर्यटक तथा गाइड र मुस्ताङको हिडन भ्यालीमा ६ जना स्थानीय र ९ गाइड मौसम प्रतिकूलताका कारण सम्पर्क विहीन रहेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । यस बिषयमा मुस्ताङ प्रशासनले कुनै सूचना र जानकारी प्राप्त नभएको जनाएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया