फेन्सिङमा बागमतीलाई स्वर्ण

समाधान संवाददाता २०७९ असोज २५ गते १०:५६

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेन्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीसमेत बनेकी छन् ।

नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता इपी, फोयल र सेबर इभेन्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा २ विभागीयसहित ६ टिमले सहभागिता जनाएका छन् ।

नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता छ । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेन्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो ।

Advertisement

ह्यान्डबल तथा फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागी खेलाडीलाई उनले विजयको शुभकामनासमेत व्यक्त गरे ।

राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा भएको हो । राउन्ड रोविनमा सर्वाधिक अंक ल्याउने खेलाडी अर्को चरणमा प्रवेश गर्ने कास्की जिल्ला फेन्सिङ संघ अध्यक्ष विजय शाहीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया