जेष्ठ नागरिकलाई सम्मान

समाधान संवाददाता २०७९ असोज २५ गते १३:४०

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्वर १० रामबजारमा रहेको कृष्ण मन्दिर आमा समुह र कृष्ण मन्दिर सञ्चालक समितिको संयुक्त आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक दलबहादुर थापा, क्या अमरबहादुर गुरुङ, रनबहादुर भुजेल, भीमबहादुर शेरचन, दिलबहादुर थापा, रामकुमारी गुरुङ, बिष्णु गुरुङ, डिलमाया गुरुङ, भीमकला गुरुङ, रुसि गुरुङलाई दोसल्ला ओडाई सम्मान गरिएको हो ।

कार्यक्रम उत्घाटन गर्दै वडाध्यक्ष राजेस गुरुङले आजको दिनले जेष्ठ नागरिकलाई सम्झाउने गरेको कुरा उल्लेख गरे । संस्थालाई सदा साथ र सहयोग दिने उनले बताए । स्वागत मन्तव्य राख्दै संस्थाका प्रथम उपाध्यक्ष विश्व तण्डुकारले जेष्ठ नागरिक भनेका हाम्रा जिउँदा भगवान हुन्, उनीहरुलाई हामीले माया र सत्कार गर्नुपर्ने बताए ।

Advertisement

गीत र संगीत क्षेत्रमा लामो समय सम्म योगदान गरी रामबजारको शिर उच्च राख्ने काम गरेको भन्दै बरिष्ठ संगीतकार तेज केसी, जमुन भण्डारी र हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापालाई पनि सम्मान गरिएको थियो ।

मन्दिरलाई आर्थीक तथा भौतिक रुपमा सहयोग गर्ने समाजसेवी रामबजार सोसाईटी यूकेका अध्यक्ष रुपक गुरुङ, समाजसेवी गणेशकुमार प्रधानलाई पनि सम्मान गरिएको थियो ।

Advertisement

कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै अध्यक्ष कमला गुरुङले जेष्ठ नागरिक प्रति सबैले जिम्मेवार बन्नुपर्ने कुरा उल्लेख गरिन् । संस्थाले ९ जना गरिब विद्यार्थीहरुलाई छात्रावृति उपलब्ध गराएको उनले जानकारी दिइन् ।

कार्यक्रम सञ्चालन संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया