नवौं राष्ट्रिय खेलकुद

फेन्सिङ टिम फोयलमा बागमतीलाई स्वर्ण

समाधान संवाददाता २०७९ असोज २७ गते ११:४५

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष टिम फोयलमा बागमतीले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा बुधबार भएको फाइनल खेलमा नेपाली सेनालाई हराउँदै बागमतीले स्वर्ण पदक जितेको हो ।

फाइनलमा पराजित नेपाली सेनाले रजत पदक, सुदूरपश्चिम र प्रदेश नं १ ले कास्य पदक प्राप्त गरे । महिला इपी टिम इभेन्टको स्वर्ण पदक नेपाली सेनाले जितेको छ । सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई हराउदैँ स्वर्ण पदक जितेको हो । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जिते । महिला सेबर टिम इभेन्ट प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश १ ले कास्य पदक जिते ।

फेन्सिङको अंक तालिका अनुसार बागमती प्रदेश शीर्ष स्थानमा उक्लेको छ । बागमतीले ४ स्वर्ण, १ रजतसहित ५ पदक प्राप्त गरेको छ । त्यसै गरी आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कास्यसहित १४ पदक प्राप्त गरेको छ ।
सशस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कास्यसहित १० पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ । त्यसै गरी प्रदेश १ ३ कास्यसहित पाँचौ स्थानमा छ । त्यसै गरी गण्डकी प्रदेश १ कास्य पदक प्राप्त गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया