नवौं राष्ट्रिय खेलकुद

महिला हक्कीमा गण्डकी विजयी

समाधान संवाददाता २०७९ असोज २७ गते १७:१३

पोखरा ।
पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिईन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् । गण्डकीले दोस्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ औं र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाईन् ।

त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् । अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५ औं मिनेटमा गोल थपिन् ।

Advertisement

यसअघि उद्घाटन खेल वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिएपनि जर्सी नआईपुगेपछि गण्डकी र प्रदेश १ बीच प्रतिस्पर्धा गराइएको थियो ।

दोस्रो खेलमा बागमती र सुदुरपश्चिम अहिले खेलिरहेका छन् । ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया