कास्की र तनहुँमा ‘कुशल’ले सुँघेर पत्ता लगाएका ती घटना…

सञ्जय रानाभाट २०७९ कार्तिक ७ गते १८:३८

सञ्जय रानाभाट
पोखरा ।
गत वर्ष पुस २९ गते तनहुँ व्यास ११ मा एक जना व्यक्ति मृत भेटिए । जिल्ला प्रहरी कार्यालय तनहुँमा अपरिचित व्यक्ति मृत भेटिएको खबर आएपछि प्रहरी घटना स्थलम पुग्यो । मृतको पहिचान हुन सकेन् । टाउकोमा चोट लागेकाले मृतृकको पहिचान हुन गाह्रो थियो । घटना रहस्यमय भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान टोली नै बनाएर हत्यारा पत्ता लगाउन खटिए । टोलीका अधिकृत थिए, तनहुँ प्रहरीका प्रवक्ता युवराज खड्का ।


बिहान ५ बजेको घटना दुई घन्टापछि प्रहरीले थाहा पाएको थियो । प्रमाण नष्ट हुने सक्ने भएपछि अनुसन्धान टोलीले गण्डकी प्रदेश कार्यालयबाट तालिमयुक्त कुकर– ‘कुशल’ माग गरे । तत्काल घटनास्थल प्राविधिक सहितको टोली पुग्यो । घटनास्थलमा भेटिएको प्रमाणका आधारमा कुशलले हत्याराको संकेत गरेको अनुसन्धान अधिकृत खड्का बताउँछन् । भन्छन्, ‘प्राविधिक सहितको टोली घटनास्थल पुग्यो । साथमा कुशल पनि थियो,’ उनले भने, ‘त्यहाँ केही प्रमाण भेटिएका थिए । कुशललाई सँुघाउने बित्तिकै हत्याराको घर नै इन्डिकेट गरेको थियो । मृतृकको पहिचान खुल्न अघि नै हत्यारा पत्ता लाग्यो ।’ कुशलले घटना स्थलबाट ८० मिटर टाढा रहेको हत्याराको घरलाई इन्डिकेट गरेको थियो ।

Advertisement


कुशलको सहयोगमा घटनामा संलग्न तनहुँ व्यास ११ दराई पँधेराका आयुष तिवारी पक्राउ परे । उनले सहकर्मी किरण गुरुङलाई ‘फोरुवा’ले मारेको प्रहरी अनुसन्धनबाट पत्ता लगेको तनहुँ डिएसपी खड्का बताए । ‘घटनास्थलमा फोरुवा भेटियो । कुशललाई त्यही सुघाइदिएपछि हत्यामा संलग्न आयुष तिवारीकै घरमा कुकुर ‘कुशल’ले इन्डिकेट ग¥यो । हामीले यसपछि आयुषलाई पक्राउ गरेर अनुसन्धान गर्दा त्यो प्रमाणि पनि भयोे ।’


आयुषले नै मृतक किरण गुरुङको पहिचान गराएको खड्काले बताए । काठमाडौंमा सँगै काम गर्ने उनीहरु बीच विवाद हुँदा घटना घटेको खड्का बताउँछन् । ‘किरणको घर पोखरा ८ हो । तर, तनहुँको हाइवेमा ओलिएको छ । यसपछि किरणले योजनावद्ध तरिकाले मारेको प्रमाणित भयो ।’

Advertisement


किरणले आयुषलाई घरबाट फोरुवा ल्याएर मारेको प्रहरी अनुसन्धनमा खुलेका हो । आयुष अहिले पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । कुशलले तनहुँकै मनेना कुमालको हत्यारा पनि पत्ता लगाएको छ । गत वर्ष मंसिर १ गते तनहुँ १० सिसाघाट कि मनेना कुमालको शंकास्पद तरिकाले हत्या भयो । घटनामा संलग्न पत्ता लगाउन कठिन देखियो । तनहुँ प्रहरीले प्रदेश प्रहरीसँगको सहकार्यमा कुकुर ‘कुशल’ घटनामा संलग्न गराएपछि हत्यारा पत्ता लाग्यो । सोही ठाउँका १७ वर्षीय महेन्द्र कुमाललाई पक्राउ ग¥यो । महेन्द्रको रेप अटेप्ट गर्दा मनेनाले अस्वीकार गर्दा उनले सिसाघाटकै प्रतिक्षलयमा हत्या भयो पछि कुकुर ‘कुशल’ले अभियुक्त महेन्द्रको टोपी सुँघेर हत्यारा पहिचान गरेको थियो ।


०७५ असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कार पछि हत्या भयो । यति बेला पनि कुकुर ‘कुशलको सहयोगमा हत्यारा पत्ता लागेको थियो । बिस्कुट किन्न पसलतिर आइरहेकी बालिकालाई बाटोमा कुसुम पौडेलले बाटोमा देखे । उनले ५ रुपैयाँ दिए । फेरि १० रुपैयाँको लोभ देखाएर आफूतिर डाके । नजिक आएपछि जबरजस्ती समातेर बलात्कार गरेर टाउकामा ढुंगाले हानेर हत्या थिए । यति बेला कुकर कुशलले हत्यारा इन्डिकेट गरेका थिए । घटनामा संलग्न पोखरा महानगरपालिका वडा नं २२ निवासी मीनबहादुर विकको जाहेरीको आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा २२ कोदी बस्दै आएका २७ वर्षीय पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कुकुर ‘कुशल’ ५० वर्ष सेवाबाट अवकाश भइसके । गत महिना नेपाल प्रहरीको इतिहासमा ५० वर्षमा उत्कृष्ट काम गरेर सिल्भर जुविडि अवार्डबाट कुशललाई सम्मान गरिएको थियो । कुशल अपराध अनुसन्धनमा उत्कृष्ट भएर पुरस्कृत भएको नेपाल प्रहरी गण्डकी प्रदेशमा कार्यरत केशव केशीले बताए । केशीका अनुसार कुशलले घटनास्थलमै १२ जना अपराधी समातेको छ । अपराधी संकेत भने सयौं पटक गरेको उनको भनाइ छ ।

नेपाल प्रहरीले कुनै बेला अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले अपराधी पत्ता लगाउन हार खाएको अवस्थामा कुकुरको प्रयोग गर्ने गरिन्छ । अपराध अनुसन्धानलाई शिघ्र, प्रभावकारी र चुस्त बनाउन गरिन्छ । अपराध अनुसन्धानमा जहाँजहाँ कुकुरको प्रयोग भएको छ, त्यहाँ प्रहरीलाई अपराधी पत्ता सजिलो भएको देखिन्छ ।
कुकुरको सुँघ्ने हेर्ने र आज्ञाकारी र बफादार स्वभाककै कारा कुकुरलाई अनुसन्धानमा प्रयोग गर्न गरिएको हुन्छ । अपराध भएको ठाउँको सबुत प्रमाणमा भएको गन्ध सुँघेर कुकुरले अपराधमा को व्यक्ति संलग्न छ, पत्ता लगाउँछ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया