सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश

समाधान संवाददाता २०७९ कार्तिक १८ गते १४:५८

पाेखरा ।

नाबालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।

सन्दिपविरुद्ध भदौ २१ गते जबरजस्ती करणी गरेको प्रहरी वृत गौशालामा जाहेरी परेको थियो । १७ बर्षिया किशोरीले आफूमाथी बलात्कार भएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

Advertisement

१४ दिन प्रहरी हिरासतमा राखि कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया