लेखक संघ गण्डकीमा ईश्वरमणि

समाधान संवाददाता २०७९ कार्तिक २० गते १०:५५

पोखरा ।
नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनले डा ईश्वरमणि अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा पशुपति घिमिरे र निरु केसी, महासचिव सञ्जीवबाबु पौडेल, सचिव रमेशचन्द्र घिमिरे र कोषाध्यक्षमा दीपक समीप निर्वाचित भए । सदस्यमा लक्ष्मण थापा, भाइकृष्ण सुनार, राम पुजन ठाकुर, माया अधिकारी, सीता शर्मा, टीका सापकोटा र भरत पोखरेल छन् ।

तपाईको प्रतिक्रिया