एउटै घोषणापत्र बनाउन नसक्नेले स्थायी सरकारको सपना देखाएः ओली

सञ्जय रानाभाट २०७९ कार्तिक २२ गते १२:२९

सञ्जय रानाभाट, पोखरा
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले भोटको राजनीति गरेर जनतालाई स्थायी सरकारको सपना देखाएको आरोप लगाएका छन् ।

ओलीले मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धन स्वार्थ पूरा गर्न र देशलाई अस्थिरतातर्फ धकेल्न बनेको बताए ।

उनले गठबन्धन सरकारका साझेदार दलले छुटाछुटै घोषणापत्र बनाएर देशलाई अस्थिरतातर्फ र स्वार्थ पूरा गर्न गठबन्धन बनेको आरोप लगाए । ‘विचार नभएका नीति नभएका दलको गठबन्धन छ । माओवादीले, एउटा गरेको छ । कांग्रेसले एउटा गरेको छ । माकुनेले एउटा गरेको छ ।

Advertisement

चित्रबहादुर केसीले अर्को गरेको छ । कुन चाहिँ घोषणापत्र कार्यान्वयन गर्ने हो ?’ ओलीले प्रश्न गर्दै भने, ‘सबै मिसाएर के गर्ने ? धानसँग चामल पनि मिसाउने, कनिका पनि पकाउने कस्तो खाना बन्छ ? यो गठबन्धन सरकार पनि यस्तै हो ।’

ओलीले गठबन्धन दिशाहीन, गन्तव्यहीन भएको बताए । ‘यो गठबन्धनलाई जसरी पनि जनता अल्मल्याउनु छ । सरकार टिकाउनु छ । विदेशी प्रभुका आगडि कम्फरटेबल सरकार छ भनेर लम्पसार पर्नुछ,’ ओलीले थपे, ‘गठबन्धनको चंगुलबाट देशलाई यो निर्वाचनबाट जोगउनुपर्छ । यस्तो भिजन, मिसन, नीति, थिति कार्यक्रम र गन्तव्य नभएकाहरलाई रोक्नुपर्छ ।’

Advertisement

गठबन्धनले तँलाई बढी कि मलाई बढी भन्नेबाहेक केही नगरेको र भावी प्रधानमन्त्रीको बारेमा झगडा हुन थालेको ओलीले सुनाए । ‘अब फेरि प्रचण्ड र शेरबहादरको झगडा पर्ने वाला छ । शेरबहादुर देउवाले मै प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ । प्रचण्डले पनि मै प्रधानमन्त्री भनिरहेका छन्,’ ओलीले प्रश्न गरे, ‘गठबन्धनबाट भावी प्रधानमन्त्री जनताले सुन्न चाहन्छन् तपाईंहरुको प्रधानमन्त्री को ?’

गठबन्धन बनेपछि संविधान च्यात्ने काम भएको ओलीको आरोप छ । प्रधानमन्त्रीले संविधान विघटना गरेर ताजा जनादेशमा गएको विषयलाई संविधानको हत्या गरेको आरोप लगाएको ओलीले सुनाए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भन्दै हिँड्नुभएको छ । संविधान बँचायौं भनेर,’ ओलीले भने, ‘अदालत मार्फत सेटिङ गरेर संसदबाट बनेको बहुमतको सरकारलाई ढालेर संविधान कुल्चिने काम भयो ।’

एउटा स्थायी सरकार गठन भइसकेको अवस्थामा दक्षिणपन्थीको नेतृत्वमा गठबन्धन सरकार गठन भएको ओलीको आरोप थियो । उनले गठबन्धनका नायकेले संविधानको रक्षाका लागि निर्वाचनमा लोकतन्त्र र देशको स्वाधीनताका मिच्ने काम गरेकाले एमालेले निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए । ‘यो निर्वाचन सामान्य निर्वाचन होइन ।

यस निर्वाचन देशको भविव्य रेखा कोर्ने निर्वाचन हो । यो निर्वाचन विकास र बिनास तफैदल बीचको हो,’ ओलीले भने, ‘०७४ सालको निर्वाचनमा माओवादीसँग मिलेर संयुक्त घोषणा पत्र बनायौं । जनतासँग संयूक्त प्रतिवधर्ता गर्‍यौं ।

चुनावपछि पार्टी एकीकरण गर्‍यौं । तर, प्रचण्डले ती कुरालाई लत्याएर बहुमतको सरकारलाई ढाले,’ ओलीले भने, ‘जनादेशको सरकारलाई ढलाउने प्रयास गरेपछि ताजा जनादेशमा संसद विघटन गरेँ । गठबन्धनका नाइकेहरुले मिलेर अदालतको सेटिङमा परमादेश जारी गरी गठबन्धन सरकार गठन गरियो ।’

परमादेशले जनताको इच्छाविपरीत संसदीय प्रणाली र संसदको गरिमा, महत्व र मर्यादालाई कुल्चिएको ओलीको आरोप छ । ‘शक्ति पृथकीरणलाई बेवास्ता गरेर अदालतले सेटिङमा जनादेशलाई कुल्चियो । जनादेश विपरीत परमादेशबाट सरकार ढाल्ने काम भयो त्यो गल्ती भयो,’ ओलीले भने ।

गठबन्धनका दलले निर्वाचनमा फरकफरक मुद्दा लिएर जनतामा गएको ओलीको सुनाए । ‘माओवादीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भनेको छ । कांग्रेसले यही व्यवस्था भनेको छ,’ उनले भने, ‘एउटाले प्रध्यक्ष प्रधानमन्त्री भनेको छ । यी प्रणालीमा प्रधानमन्त्रीको टुंगो लगाएर आउनुस् । यो देशलाई विकास शान्ति, भ्रष्टचार र विकासतर्फ लैजान सुढृढ राष्ट्र बनाउन आवश्यक छ । त्यो बोकेर आउनुस् ।’

ओलीले शेरबहादुर देउवालाई वार्ता मार्फत देशको भूमि फिर्ता ल्याउने जवाफ दिएका छन् । यसअघि शेरबहादुर देउवाले भूमि फिर्ता ल्याउन ओलीलाई सीमामा बन्दुक लिएर जान चुनौती दिएका थिए । मंगलबार भने शेरबहादुर देउवालाई जवाफ फर्काउँदै ओलीले देउवालाई वार्तामार्फत जमिन फिर्ता ल्याउने बताए ।

‘बन्दुक लिएर हैन शेरबहादुजी कुरा गरेर, कुरा गरेर । थुपै समस्या समाधान भएका छन्,’ उनले भने, ‘बन्दुकले मान्छे मार्ने हो । प्रचण्डको संगत गरेपछि बन्दुक कुरा गर्न थालेछन् । । बन्दुकले केही गर्दैन ।’ ओलीले देउवा नाकाबन्दी लाग्दा भारतका विरुद्ध चुइँक्क बोल्न नसकेनन् आरोप लगाए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया